काठमाडौं– आसन्न नेपाल विद्यार्थीसंघको महाधिवेशनलाई लक्षित गरी विद्यार्थी नेताहरुले विभिन्न पदका लागि उम्मेदवारी दिने दाबी गरिरहेका छन् । नौ बर्षसम्म स्थगित हुँदै आएको नेबिसंघको ११ औ महाधिवेशन हुने पक्कापक्की भएपछि विद्यार्थी नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी रहने दाबी गर्न थालेका हुन् ।
नेतृत्वका आकांक्षीहरु मत बटुल्न देश दौडाहामा छन् । उनीहरुले देशभरका महाधिवेशन प्रतिनिधिहरुलाई भेटघाट गर्दै आफ्ना भावी कार्यक्रम र एजेण्डा सुनाउँदै आफूलाई जिताउन आग्रह गर्दै आएका छन् । उनीहरुले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलाई पनि मत माग्ने माध्याम बनाएका छन् । अहिले अधिकांश नेबिसंघ विद्यार्थी नेताहरुका फेसबुकका वाल पूरै चुनावमय बनेका छन् ।
पटक–पटक महाधिवेशन मिती घोषणा गरेर स्थागीत हुँदै आएको महाधिवेशन अहिले भने पूर्व निर्धारित मिति (साउन २३–२५) मै हुने पक्का भएको छ । नेबिसंघको अध्यक्षका लागि आधिकारिकत उम्मेदवारी घोषणा भइनसकेको भएपनि अध्यक्षका आकांक्षी भने धेरै नै देखिएका छन् । कोइराला–पौडेल समुहबाट मनोजमणि आचार्य दीपक भट्टराइको चर्चामा छ भने देउवा पक्षधरबाट जीतजंग बस्नेत, नैनसिंह महर लगायत चर्चामा छन् ।
महामन्त्रीमा मनाेजकाे दाबीः
आसन्न महाधिवेशनलाई लक्षित गरी महामन्त्री पदका लागि पनि उम्मेदवारी दाबी गर्ने पनि आकांक्षी धेरै नै छन् । महामन्त्री पदका महत्वपूर्ण उम्मेदवार मध्ये एक हुन मनोज बैद्य ।
नेबिसंघ काठमाडौं जिल्ला अध्यक्ष समेत रहेका वैद्यले पनि आफ्नो तयारी तीब्र पारेका छन् । गुटगत राजनीतिको अन्य गर्दै लामो समयदेखि निस्क्रिय जस्तै बनेको नेपाल विद्यार्थी संगठनलाई अब सक्रिय रुपमा अघि बढाउनुपर्ने उनको तर्क छ । सहमति, सहकार्य र एकताको भावनालाई सम्मान गर्दै उनले महाधिवेशनमा आफूलाई सघाउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् ।
यसैबीच, नेविसंघको केन्द्रीय सदस्य पदका लागि उम्मेदावरीको दाबी गर्नेहरुको लामै लर्को छ । यता, प्राविधिक विद्यार्थीहरुका प्रभावशाली नेता राजेस के.सीले पनि केन्द्रीय सदस्यको लागि आफ्नो उम्मेदवारी रहने बताएका छन । विकट जिल्ला रुकुममा जन्मिए पनि उनी नेबिसंघ राजनीतिमा सानै देखि सक्रिय रुपमा लागिरहेका छन् । हाल प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदका (सिटिइभिटि) का अध्यक्षसमेत रहेका के.सीले आफ्नो उपत्यका सहित देशभर नै बलियो पकड रहेको भन्दै आफूले उम्मेदावरी दिने जानकारी दिए ।
प्राविधिक शिक्षालाई सर्वसधारण विद्यार्थीको पहुँचमा पु¥याउनका लागि आफ्नो उम्मेदवारी रहेने उनले बताएका छन् । औपचारीक शिक्षाको नाममा प्रमाणपत्र लिने र दिने कार्य मात्र बढी हुने भएकाले प्राविधिक शिक्षा आजको आवश्यक्ता रहेको उनको ठहर छ ।

0 Comments