Ticker

6/recent/ticker-posts

सर्वसाधारण विद्यार्थीको पहुँचमा प्राविधिक शिक्षा पु¥याउन लड्छुः राजेश केसी

काठमाडौं,  भदौ ।  नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा सिटिइभिटिका तर्फबाट केन्द्रीय सदस्यमा उठेका राजेश केसी भारी मतका साथ विजयी भएका छन् ।
सिटिइभिटतर्फ २ वटा केन्द्रीय सदस्यका लागि १३ जनाले उम्मेदवारी दिएका थिए । १३ जना मध्ये केसीले ३६ मत ल्याउँदै विजयी बनेका हुन् । उनीसँग १५ मत ल्याएका अर्जुन बम पनि १५ मतका साथ विजयी भएका छन् । उनीहरुका प्रतिद्वन्द्वीहरुले भने कसैले २ मत कसैले ३ मत त कसैले ४ मत मात्र ल्याएका छन् । यही भीडका कोही त एक मत नल्याउने पनि भेटिए । यो निर्वाचनमा पाएको मत तुलनात्मक रुपमा हेर्दा केसी भारी मतले विजयी भएका हुन् ।
उनी प्राविधिक विद्यार्थीहरुका प्रभावशाली नेताको रुपमा रहेको एक छापे पाएको मतले नै स्पष्ट पारेको छ । रुकुममा जन्मिए पनि केसी नेबिसंघ राजनीतिमा सानै देखि सक्रिय रुपमा लागिरहेका छन् । उनी प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदका (सिटिभिटि) का अध्यक्षसमेत हुन् ।  विजयी भएसँगै केसीले भने– ‘प्राविधिक शिक्षा आजको आवश्यकता हो, सर्वसधारण विद्यार्थीको पहुँचमा हुनुपर्छ, यसका लागि सधैँ लड्छु ।’ पटक–पटक महाधिवेशन मिति घोषणा गरेर स्थगित हुँदै आएको नेविसंघको ११ औं महाधिवेशन साउन २३ गतेबाट शुरु भएर भदौ २ गते सम्पन्न भएको हो ।


Post a Comment

0 Comments