Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, १८ साउन । आसन्न नेपाल विद्यार्थीसंघको महाधिवेशनलाई लक्षित गरी विद्यार्थी नेताहरुले विभिन्न पदका लागि उम्मेदवारी दिने दाबी गरिरहेका छन् । नौ बर्षसम्म स्थगित हुँदै आएको नेबिसंघको ११ औ महाधिवेशन हुने पक्कापक्की भएपछि विद्यार्थी नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी रहने दाबी गर्न थालेका हुन् ।

नेतृत्वका आकांक्षीहरु मत बटुल्न देश दौडाहामा छन् । उनीहरुले देशभरका महाधिवेशन प्रतिनिधिहरुलाई भेटघाट गर्दै आफ्ना भावी कार्यक्रम र एजेण्डा सुनाउँदै आफूलाई महाधिवेशनमा सघाउन  आग्रह गर्दै आएका छन् । त्यस्तै, सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलाई पनि मत माग्ने माध्याम बनाएका छन् । अहिले अधिकांश नेबिसंघ विद्यार्थी नेताहरुका फेसबुकका वाल पूरै चुनावमय बनेका छन् ।

पटक–पटक महाधिवेशन मिती घोषणा गरेर स्थागीत हुँदै आएको महाधिवेशन अहिले भने पूर्व निर्धारित मिति (साउन २३–२५) मै हुने पक्का भएको छ । नेबिसंघको अध्यक्षका लागि आधिकारिकत उम्मेदवारी घोषणा भइनसकेको भएपनि अध्यक्षका आकांक्षी भने धेरै नै देखिएका छन् ।

कोइराला–पौडेल समुहबाट मनोजमणि आचार्य दीपक भट्टराई चर्चामा छन् भने देउवा पक्षधरबाट जीतजंग बस्नेत, नैनसिंह महर लगायत चर्चामा छन् ।

महामन्त्रीमा मनोजको दाबीः

आसन्न महाधिवेशनलाई लक्षित गरी महामन्त्रीमा उम्मेदवारी दाबी गर्ने पनि आकांक्षी धेरै नै छन् । महामन्त्री पदका महत्वपूर्ण उम्मेदवार मध्ये एक हुन मनोज बैद्य ।
नेबिसंघ काठमाडौं जिल्ला अध्यक्ष समेत रहेका वैद्यले महामन्त्री पद हत्याउन अहिले दौडधूप जारी राखेका छन् । उनलै काठमाडौंमै भए पनि विद्यार्थी नेताहरुलाई भेला गर्दै उनीहरुको भावना बुझेर सहयोगको याचना गर्दै आएका छन् ।  गुटगत राजनीतिको अँन्त्य गर्दै लामो समयदेखि निस्क्रिय जस्तै बनेको नेपाल विद्यार्थी संगठनलाई अब सक्रिय रुपमा अघि बढाउनुपर्ने उनको तर्क छ । सहमति, सहकार्य र एकताको भावनालाई आत्मसात गर्दै ११ औं महाधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न सबैलाई आग्रह गरेका छन् ।

सिटिइभिटिबाट केसी उठ्ने
यसैबीच, नेविसंघको केन्द्रीय सदस्य पदका लागि उम्मेदावरीको दाबी गर्नेहरुको लामै लर्को छ । यता,  प्राविधिक विद्यार्थीहरुका प्रभावशाली नेता राजेस के।सीले पनि केन्द्रीय सदस्यको लागि आफ्नो उम्मेदवारी रहने बताएका छन् ।

विकट जिल्ला रुकुममा जन्मिए पनि उनी नेबिसंघ राजनीतिमा सानै देखि सक्रिय रुपमा लागिरहेका छन् । हाल प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदका (सिटिइभिटि) का अध्यक्षसमेत रहेका के.सीले आफ्नो उपत्यका सहित देशभर नै बलियो पकड रहेको भन्दै आफूले उम्मेदावरी दिन लागेको जानकारी दिए ।

प्राविधिक शिक्षालाई सर्वसधारण विद्यार्थीको पहुँचमा पु¥याउनुपर्ने आजको आवश्यकता रहेको भन्दै, यसका लागि आफू दत्तचित्त भएर लागि पर्ने दाबी गरेका छन् । बर्तमान अवस्थामा नेपालको शिक्षा पद्धति शैक्षिक प्रमाणपत्र लिने र दिने कार्य मात्र बढी हुने भएकाले युवा विद्यार्थीहरु बेरोजगारको चपेटामा रहेको भन्दै अब सबै विद्यार्थीले सहज रुपमा प्राविधिक शिक्षा आर्जन गर्नसक्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको औल्याए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply