पाँच मन्त्री र चार राज्यमन्त्री थपिए
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पार्टी माओवादीका पाँच मन्त्री र चार राज्यमन्त्रीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
सरकारको प्रमुख घटक नेपाली कांग्रेसले भने अझै थप मन्त्रीहरु पठाउन सकेको छैन ।
माओवादीबाट जनार्दन शर्मा प्रभाकर, राम कार्की, हितराज पाण्डे, धनराम (डीआर) पौडेल र अजय शंकर नायक मन्त्री बनेका छन् ।नवनियुक्त मन्त्रीहरुले आइतबार नै राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिए ।
नवनियुक्त मन्त्रीहरु शर्मा उर्जा, कार्की सञ्चार, पाण्डे स्थानीय विकास र नायक कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । पौडेल भने विना विभागीय मन्त्री छन् ।
उनले शिक्षा र स्वास्थ्य मध्ये एक पाउनेछन् । माओवादीले शिक्षा लिन चाहेको छ । तर, कांग्रेसभित्रको आन्तरिक विवाद मिलाउन उसले स्वास्थ्यको साटो शिक्षा लिने सम्भावना छ ।
चार राज्यमन्त्री नियुक्त
प्रधानमन्त्री प्रचण्डले पार्टीको सिफारिसमा आइतबार नै चार राज्यमन्त्री नियुक्त गरेका छन् । श्रीप्रसाद जबेगु, सत्यनारायण भगत, राधिका तामाङ र धनमाया विक राज्यमन्त्री नियुक्त भएका हुन् ।
जबेगुलाई स्थानीय विकास, सत्यनारायण भगतलाई उर्जा र राधिका तामाङलाई कृषिको जिम्मेवारी दिइएको छ । धनमाया विक भने विना विभागीय राज्यमन्त्री बनेकी छन् ।
आइतबारको विस्तारसँगै मन्त्रिपरिषद् १८ सदस्यीय भएको छ । माओवादीबाट तीन र कांग्रेसका दुई मन्त्रीले प्रधानमन्त्रीसँगै सपथ लिएका थिए भने राप्रपाका दुई र संयुक्तका एक मन्त्री पछि थपिए ।
कांग्रेसको थप मन्त्री कहिले ?
सरकारको प्रमुख घटक कांग्रेसले १३ मन्त्रालय पाएको छ । अहिलेसम्म दुई मन्त्री मात्र पठाएको उसले ११ मन्त्री र केही राज्यमन्त्री पठाउने छ ।
तर, नेविसंघको अधिवेशन चलिलरहेकाले कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीहरुको टुंगो लगाएका छैनन् । नेविसंघको अधिवेशन सकिए पछि मात्र मन्त्रीहरुको नाम तय गरिने नेता मीन विश्वकर्माले बताए ।

0 Comments