काठमाडौं, भदौ । सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले वर्षभरी उत्कृष्ट काम गर्ने सूचना विभागका कार्यालय सहयोगीद्वय शशिकला पुडासैनी र रमेश खडकालाई नगदसहित पुरस्कृत गरेका छन् ।
निजामती कर्मचारी दिवसको सिलसिलामा जनही ५ हजार नगद, प्रशंसापत्र र दोसल्लासहित कर्मचारीद्वयलाई मन्त्री कार्की, सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलिया तथा विभागका महानिर्देशक रघुराम विष्टले संयुक्तरुपमा पुरस्कार दिएका थिए ।
आफू मन्त्री भएपछि सूचना विभागको अवलोकन भ्रमणका क्रममा विभागको कार्यलय तिलगंगामा आयोजित एक कार्यक्रममा शुक्रबार मन्त्री कार्कीले त्यहाँका कर्मचारीलाई पुरस्कृत गर्नुका साथै विभागले गर्दै आएका काम कारवाहीबारे अवलोकन गरेका थिए ।
कार्यक्रममा मन्त्री कार्की र सचिव थपलियाले समयसापेक्षविभागलाई सुधार्दै लैजानुपर्ने कुरामा जोड दिए भने महानिर्देशक विष्ट तथा निर्देशक राजु भण्डारीले विभागमा कर्मचारी अभाव लगायतका समस्या रहेको गुनासो गरेका थिए ।
0 Comments