काठमाडौ– मोबाइल सेवा प्रदाय कम्पनी स्मार्ट टेलिकम प्रालिद्धारा अर्बौ रकम अपचलन गर्न लागेको समाचार प्राप्त भएको छ । स्मार्टले चिनिया कम्पनी जेटिइ कर्पोरेसनसँग टेलिकम सम्बन्धी विभिन्न उपकरणहरु खरिद गर्दा बास्तवितक मुल्य १० करोड ६० लाख रुपैयाँ पर्ने उपकरणमा ४ अर्ब १३ करोड ३९ लाख ९० हजार ४ सय ६० रुपैयाँ भुक्तानी गरि अर्बौ मुद्रा अपचलन गर्न लागेको स्रोतले बताएको छ । स्मार्ट र जेटिइबीच टेलिकमका सामग्री आयत गर्न असारमा सम्झौता गरेको स्रोतको बताएको छ ।
सामान आयत गर्न नेपाल इन्भेष्टमेन्ट बैंकमा प्रतितपत्र(एलसी) समेत खोलिएको थियो । तर सामान आउनु पूर्व नै जेटिई कर्पोरेसनलाई ३ करोड ९ लाख ९९ हजार ९ सय १० (अमेरिकी डलर) अर्थात नेपाली रुपैयाँ ४ अर्ब २३ करोड ९९ लाख ९० हजार ४ सय ६० रुपैयाँ भुक्तानी दिइसकेको स्रोतको भनाइ छ । टेलिकमका सामान आयत गराउनु पूर्व सरकारी विभिन्न निकायहरुबाट आयत गरिने सामानको पूर्व स्वीकृत गराउनु पर्ने हुन्छ । तर स्मार्टले ती सामानको स्वीकृति समेत नगराई बैंकमा एलसी खोलेर सामान आयतको प्रक्रिया सुरु गरेको स्रोतको भनाइ छ ।
स्मार्ट टेलिकमले टेलिकमसम्बन्धी सामाग्री आयतका लागि संचारमन्त्रालयमा कुनै पनि पत्र पेश नगरेकोे मन्त्रालयले बताएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले भने स्मार्ट र जेटिइले आयत गर्न लागेको सामानहरुको विषय अनुसन्धान गरेपछि मात्र थाहा हुने बताएको छ । यता स्मार्ट र जेटिइबीचमा भएको सामान आयतको सम्झौतामा सरकारी निकायको आँखामा छारो हाल्न ३१ वटा सामानको सूची देखाइएको छ । स्मार्ट टेलिकमका प्रवक्ता पवन शाक्यले भने स्मार्ट र जीटिइबीच सामान आयत गर्न सम्झौता भएको छ ।
तर सम्झौता बमोजिम सामान ल्याउने प्रक्रिय सुरु मात्र गरिएको बताएका छन् । उनका अनुसार सामान आयतका लागि संचारमन्त्रालयमा स्वीकृतिका लागि निवेदन पेश गरेएको जानकारी दिएका छन् । जेटिई कर्पोरेसनलाई सामान आयत गर्नु पूर्व भुक्तानी गरेको विषयमा भने उनले यो सम्झौतासँग सम्बन्धीत बीलको भुक्तानी नभएको बताए ।
बैंकिङ प्रणालीका लागि यो तरिका निकै नै जोखिमपूर्ण रहेको र नेपाली रुपैयाँ विदेशमा पठाइनु नेपालका लागि नै घाटा हुने अर्थविज्ञहरुको ठहर छ । जसले नेपाललाई विकासको काममा नभइ विनास निम्त्याउने समेत विज्ञहरुको दाबी छ ।
यस्तै घटना अर्को एक पोलिमर नोट छपाइ काण्ड पनि हो । नोट छपाइको जिम्मा अष्ट्रेलियाली कम्पनीलाई दिलाउने क्रममा घोटाला भएको रहस्य बाहिर आएपछि यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको थियो । अख्तियारले सो प्रकरणमा नेपाल इन्भेष्टमेण्ट बैङ्क र राष्ट्र बैङ्कका कर्मचारीहरूमाथि समेत छानबिन थालेको थियो । छानविन थालेपनि उक्त फाइल तामेलीमा राखेको लामो समय भइसक्दा पनि अनुसन्धान अघि नबढ्नु रहस्यमय भएको जानकारहरू बताउँछन् ।
0 Comments