
सरसफाई कार्यक्रममा डिआईजि लामाको साथै महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमरिया, विश्व हिन्दु महासंघका अध्यक्ष एवम् सामुदायीक वनका अभियन्ता निलप्रसाद भण्डारी, सामुदायीक सेवा तथा विकास समाजका वरिष्ठ उपाध्यक्ष डा.पदमराज लामिछाने, महासचिव रविन्द्र थापा, स्थानीय वरिष्ठ पत्रकार बलराम प्यासी, ३५ नं वडा क्षेत्रको सरसफाई सम्वन्धी कार्य गर्ने संस्था वेष्ट कन्सर्नका प्रमुख सुलभ मोक्तान, स्थानीय क्लवका सदस्य एवम पदाधिकारी र स्थानीय वासिन्दाको सहभागिता थियो । टोलीले कोटेश्वर महादेव मन्दिर परिसरका साथै गोगनेश्वर महादेव परिसर पनि सरसफाई गरेको थियो ।
सरसफाई कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै प्रहरी नायव महानिरीक्षक (डिआईजि) मिङ्गमार लामाले टोल, समाज र समुदायको सरसफाई र स्वच्छताबाट नै सामाजिक स्तर र सभ्यताको पहिचान दिने उल्लेख गरे । उनले यस्ता सरसफाई कार्यलाई निरन्तरता दिनुपर्ने बताए । उनले ६१ औं प्रहरी दिवसको अवसरमा सम्पूर्ण प्रहरीहरुलाई शुभकामना पनि दिए ।
१४ असोज, २०७३ ।
0 Comments