Ticker

6/recent/ticker-posts

२ करोड राशीको पुरस्कार प्राप्त गर्न आवेदन भर्नोस, समय असोज १४ सम्म

काठमाडौ, भदौ। बेलायती सहयोग नियोग डिएफआइडीको आइडियाज टु इम्प्याक्ट नामक विश्वब्यापी संस्थाको सहयोगमा नेपालमा जलवायु परिवर्तन अनुकुलनको क्षेत्रमा काम गर्ने उत्कृष्ट संस्थाहरुले करिब २ करोड राशीको पुरस्कार पाउने भएका छन् ।

पुरस्कार आवेदनबारे सरोकारवाला संस्थाहरुलाई जानकारी दिने उदेश्यले अनुकुलन व्यापकता प्रवद्धन पुरस्कार एडेप्टेसन एट स्केलले राजधानीमा आइतबार कार्यशालाको आयोजना गर्यो । कार्यशालामा बिभिन्न गैर सरकारी र नीजी संस्थाका प्रतिनिधीलाइ आवेदनको प्रकृया र योग्यताबारे जानकारी गराइएको थियो ।

 देशका बिभिन्न क्षेत्र र भूगोलमा काम गर्ने संस्थाका प्रतिनिधीहरुलाइ प्राध्यापक डाक्टर मदन कोइरालाले आवेदनको प्रकृयाबारे अभिमुखिकरण कार्यशाला गराए ।

कार्यक्रममा राष्टिय योजना आयोगकका सदस्य सुनिलबाबु श्रेष्ठले नेपालजस्तो हिमाली भूगोल र पर्यटन र कृषिमा निर्भर देशको लागि जलवायु अनुकुलन उपयुक्त उपाय रहेको बताए । श्रेष्ठले जलवायु परिर्वतन न्युनिकरण,प्राकृतिक विपद् व्यवस्थापन र वातावरण स्वच्छ वनाउनको लागि निजी क्षेत्रको सक्रियता महत्वपूर्ण र अनिवार्य रहेको बताउनुभयो ।

अनुकुलन व्यापकता प्रवद्धन पुरस्कार अन्तर्गत जलवायू परिवर्तनको अनुकुलनमा नविनतम् समाधानका कार्यक्रम सञ्चालन गरिरहेका संस्थाहरुले आगामी असोज १४ भित्र आवेदन दिन गर्नुपर्नेछ ।

पुरस्कार दुइ चरणमा वितरण हुने कार्यक्रमका टिम लिडर पुरुषोत्तम मान श्रेष्ठले जानकारी दिए । पहिलो चरणमा १ लाख ५० हजार पाउन्ड स्टर्लिङको प्रोत्साहन पुरस्कार नेपालका उत्कृष्ट १५ संस्थालाइ बाँडिनेछ । दोश्रो चरणको पुरस्कारको राशी भने ३ लाख २५ हजार पाउन्ड स्टर्लिङ रहेको छ ।

पहिलो चरणमा गरिब र अति जोखिममा रहेका नागरिकलाई सहयोगका लागि नविनतम उपायहरु प्रस्तुत गरेका संस्थाहरुको कार्यान्वयन प्रगतीका आधारमा दोश्रो चरणको पुरस्कारका लागि संस्थाहरु छनौट गरिनेछ ।


Post a Comment

0 Comments