Ticker

6/recent/ticker-posts

अध्यक्ष शर्माद्वारा जलवायु अनुकूलन कोषको प्रतिवेदन प्रस्तुत

काठमाडौं, २५ कार्तिक । जलवायू अनुकूलन कोषका अध्यक्ष नरेश शर्माले मोरक्कोको माराकेचमा भएको संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा अनुकलन कोषले तयार पारेको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । अध्यक्ष शर्माले जलवायु अनुकुलन कोषले अहिलेसम्म गरेका काम, र आगामी दिनमा गरिने कामका विषयमा तयार पारेको प्रतिवेदन प्रस्तुत गर्नु भएको हो ।

प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष शर्माले विकसित देशहरुले अतिकम विकशित देश तथा विकासोन्मूख देशलाई गर्ने सहयोग बढाउनुपर्ने र कोषलाई अझ बढी जिम्मेवार बनाउँदै जलवायू परिवर्तनका असरले उत्पन्न परिस्थितिसँग जुध्न अतिकम विकसित देशहरुले गर्ने सहयोगतर्फ ध्यानदिनुपर्ने बताउनुभयो ।  

जनसंख्या तथा वातावरण मन्त्रालयका उपसचिव तथा कृषि अर्थविज्ञसमेत रहेका शर्माले नेपालमा  अलवायु अनुकुलनका लागि विभिन्न प्रयत्न गर्दै आउनुभएको छ ।

यो कोषले जलवायु परिवर्तनले असर गरेका देशहरुमा त्यसले उत्पन्न गरेका अभावको सामना गर्नका लागि कार्यक्रमहरु सञ्चालन गर्न वित्तिय सहयोग उपलब्ध गराउँदछ । विकसित देशले उपलब्ध गराएको आर्थिक सहयोगको विकासोन्मूख तथा विकासशील देशहरुमा अनुकूलनका कार्यक्रम सञ्चालन गर्न उद्देश्यले सन–२००० मा स्थापना भएको हो ।

Post a Comment

0 Comments