काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले पार्टी नीति विपरित हिन्दु धर्मको रक्षाका लागि सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन् । हिन्दु धर्म नरहे राष्ट्रियता पनि नरहने भन्दै उनले आन्दोलनको लागि तयार रहन आफ्ना समर्थकहरुलाई निर्देशन दिए ।
पूर्व पञ्चहरुको पार्टी राप्रपा नेपाल र राप्रपाबीच एकता भई गठन भएको राप्रपाले हिन्दु धर्मका पक्षमा अन्दोलन चर्काउने तयारी गरिरहँदा खड्काले कांग्रेस कार्यकर्तालाई धर्मरक्षाको आन्दोलनमा सहभागी गराउने तयारी गरेका छन् । धर्मरक्षाको अन्दोलनको जस अरु नै पार्टीले गर्ने भएकाले खड्काले कांग्रेसले नै यसको नेतृत्व गर्नुपर्ने भन्दै सशक्त आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
प्रज्ञा भवन कमलादीमा बुधबार आयोजित कार्यक्रममा नेता खड्काले अब छिट्टै नै आफ्नो नेतृत्वमा हिन्दु धर्मका पक्षमा आन्दोलन थाल्ने जानकारी दिए । उनले आगामी फागुन, चैतबाट आन्दोलनको थालनी हुने भन्दै तयारी रहन कार्यकर्तालाई निर्देशन दिए । पार्टी र व्यक्तिगत स्वार्थभन्दामाथि उठेर देश र राष्ट्रियताको रक्षाका लागि संघर्ष गर्नुपर्ने उनको भनाइ छ । भ्रष्टाचार अभियोगमा जेल सजाय भुक्तान गरी नेपाली कांग्रेसकै राजनीति थालेका खड्काले पार्टीको १३ औं महाधिवेशनमा लोकप्रिय मत हासिल गर्दै केन्द्रीय सदस्य जितेका थिए ।

0 Comments