Ticker

6/recent/ticker-posts

संशोधन विधेयक अस्वीकार गर्ने मोर्चाको निर्णय

काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारले संसदमा मंगलबार दर्ता गराएको संविधान संशोधन विधेयक अस्वीकार गर्ने निर्णय गरेको छ ।
तीनकुनेस्थित संघीय समाजवादी फोरमको कार्यालयमा बुधबार बसेको बैठकले सरकारले दर्ता गराएको संशोधनले मधेसी, आदिवासी–जनजाति, सिमान्तकृत समुदायबाट उठाइएका मुद्दाहरुको सम्बोधन गर्न नसक्ने भन्दै यथास्थितिमा स्वीकार गर्न नसकिने निर्णय गरेको छ ।
मोर्चाको सहमतिबिना संशोधन गर्न दर्ता गरिएको विधेयकले आफूहरुले उठाएको मुद्दा सम्बोधन गर्न नसक्ने उनीहरुको ठहर छ । झण्डै तीन घण्टा लामो छलफलका क्रममा संशोधन विधेयकलाई समर्थन गरेर अघि बढ्ने वा विरोध गर्ने भन्नेमा मोर्चा आवद्ध दलका नेताको राय वाँझिएको थियो । मोर्चाकै नेताहरुको राय बाझिएपछि बुधबार बसेको मोर्चाको बैठकले संशोधन विधेयक अस्वीकार गर्ने निर्णय गरेको हो । बैठकपछि मोर्चाले निकालेको संयुक्त विज्ञप्तिमा मोर्चामा आवद्ध सातै दलका नेताको हस्ताक्षर रहेको छ ।
मोर्चाको विज्ञप्तिमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, तमसपा अध्यक्ष महेन्द्र प्रसाद यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, मधेसी जनाधिकार फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव, सद्भावना पार्टी महासचिव मनिष सुमन, राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले हस्ताक्षर गरेका छन् ।
सरकारले मोर्चाको सहमतिमा संधिवान संशोधन विधेयक दर्ता गराएको दाबी गरे पनि मोर्चाले औपचारिक रुपमै संशोधन विधेयक अस्वीरका गर्ने निर्णय गरेको छ ।

Post a Comment

0 Comments