Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं– सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता लगाए लगत्तै नेपाली कांग्रेसबाट १० राज्यमन्त्री थप गरिएका छन् । मन्त्रिमण्डलमा नेपाली कांगेसका तर्फबाट थप गरिएको १० जना राज्यमन्त्रीले बुधबार पद तथा गोपनियताको शपथ लिएका छन् । कांग्रेसको भागबण्डामा परेको दश मन्त्रालयमा कांग्रेसकै तर्फबाट १० राज्यमन्त्री थप गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त राज्यमन्त्रीहरुलाई प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । शपथ लिनेहरुमा दीपक खड्का (खानेपानी तथा सरसफाइ मन्त्रालय), कञ्चनवादे श्रेष्ठ (उद्योग मन्त्रालय), सुरेन्द्रराज आचार्य(सिँचाइ मन्त्रालय), मिठू मल्ल (सहरी विकास मन्त्रालय), दिलीप खवास गच्छदार (श्रम तथा रोजगार मन्त्रालय), सीताराम महतो (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय) छन् । यस्तै, दीर्घराज भाट (वन तथा भू–संरक्षण मन्त्रालय), सुवर्ण ज्वारचन (वाणिज्य मन्त्रालय), तारामान गुरुङ (स्वास्थ्य मन्त्रालय) तथा इन्द्रबहादुर बाँनिया (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय) ले पनि राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी हुने राज्यमन्त्रीको नामावली उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिमार्फत मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएका थिए । माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको सरकारमा अब ४१ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । दाहालले गत साउन १९ गते प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply