Ticker

6/recent/ticker-posts

थाइल्याण्डमा विक्रमको प्रतिस्पर्धा कस्तो रहला ?

काठमाडौं– नेपाली मोटरसाईकल राइडर विक्रम थापाले शुक्रबारबाट थाइल्याण्डमा हुने सुजुकी एसियन च्याम्पियनसिपमा भाग लिने भएका छन् । प्रतियोगितामा भाग लिन विक्रम सहितको ५ जनाको टोली थाइल्याण्ड विहीबार थाइल्याण्ड पुगेको हो । टोलीका विक्रमका आमाबुवा, उनका टिम मेम्बर रुपेश लामा, साहिल सुवेदी रहेका छन् ।

सुजुकी एसियन मोटरसाइकल च्याम्पियनसीप प्रतियोगिता २०१६ मार्च महिनाको २२ तारिखबाट मलेसियाबाट शुरु भएको हो । एसियाका जापान लगायत ६ वटा विभिन्न देश हुँदै थाइल्याण्डमा उक्त प्रतियोगिता समापन हुन लागेको हो । यो खेलका लागि नेपालबाट विक्रमले प्रतिनिधित्व गरेका छन् । विश्व खेलकुदमै निकै नै जोखिमपूर्ण, खरनाक र महँगो मानिएका यो खेल खेल्ने पहिलो नेपाली खेलाडी पनि विक्रम नै हुन् ।

अहिले थाइल्याण्डमा समापन हुने खेलका लागि विक्रमले निकै नै मिहिनेत गरेका कारण प्रदर्शन पनि निकै नै राम्रो गर्ने अपेक्षा गरिएको छ । विक्रमले यस अघि पाएको सफलता स्मरण गर्दै उनका बाबु कपिलदेव थापाले भने– ‘हामी निकै आशावादी छौं, सधैँ झँै विक्रमले यो पटक पनि उत्कृष्ट  प्रदर्शन गर्नेछ ।’
विक्रमले मोटरसाईकल राइडिङ गरी संसार भर नेपाली झण्डा फहराइ नेपालको नाम विश्वमा चिनाउने काम गरेका छन् । आफ्नो ज्यू ज्यानको प्रवाह नगरी नेपाल र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन पनि महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् ।

Post a Comment

0 Comments