Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, पुस । जनसंख्या तथा वातावरण मन्त्री  जयदेव जोशीले व्यवस्थित समाजका लागि पत्रकारिता जगत मर्यादित र जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । काठमाडौंको जया बहुमुखी क्याम्पसमा सकरात्मक विकास सञ्चार केन्द्र र प्रगतिशील महिला समाजले आयोजना गरेको निःशुल्क पत्रकारिता तथा उद्घोषण तालिमको शुभारम्भ गर्दै मन्त्री जोशीले पत्रकारको व्यावसायिकतामा जोड दिएका हुन् ।

उनले भनेः‘ पछिल्लो समय पत्रकारिता क्षेत्र वृहत बन्दै गएको छ, नयाँ युगमा पनि प्रवेश गरेको छ । पत्रकारहरू जिम्मेवार भए मात्र मुलुकको विकास सम्भव छ ।’एक अर्को प्रशंगमा उनले भनेः‘ जनसंख्या तथा वातावरण मन्त्रालयको क्षेत्र व्यापक भए पनि साधन स्रोतको सीमितताले अपेक्षाकृत काम गर्न सकिएन, काम गर्नुपर्ने धेरै छ तर स्रोत साधन पर्याप्त छैन ।’

कार्यक्रममा नेकपा संयुक्तका पोलिटव्युरो सदस्य श्रीलाल महासेठ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य छिरिङ लामा आयोजक संस्थाका अध्यक्ष भीम लामा र किरण मोक्तानलगायतले मन्तव्य राखेका थिए ।
१५ दिनसम्म चल्ने तालिममा करिव ८० जना सहभागी हुने र उत्कृष्ट प्रशिक्षार्थीलाई रोजगारीको समेत अवसर प्रदान गरिने सकरात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष लामाले जानकारी दिए । तालिममा टेलिभिजन, रेडियो, छापा, अनलाईनका गरी २० बढी पत्रकारहरूले प्रशिक्षण दिनेछन् ।

उक्त समारोहमा गोेकर्णन्यूज डटकमको  एनड्रोइट एप्सको पनि उद्घाटन गरिएको छ । प्रशिक्षणमा सहभागि उत्कृष्ट २० प्रशिक्षर्थीलाई आफ्नो मिडिया हाउसमा रोजगारको व्यवस्थान गरिने गोकर्णन्यूज डटकमका व्यवस्थापक हिरा लामाले जानकारी दिए । प्रमुख अतिथि मन्त्री जोशीद्वारा एनड्रोइट एप्सलाई कम्पनीका तर्फबाट पि।आ।ओ विकास चालिसे र प्रशिक्षर्थीका तर्फबाट मनिका लोप्चनलाई हस्तान्तरण गरिएको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply