Ticker

6/recent/ticker-posts

फ्लाइङ गाइज मुभिजको वृद्धवृद्धालाई सहयोग

नवलपरासी, मंसिर । म्युजिक भिडियो उत्पादन तथा वितरणको काम गर्दै आएको काठमाडौको फ्लाइङ गाइज मुभिज प्रालिले नवलपरासीको पिठौली आश्रममा रहेका वृद्धहरुलाई २० हजार ४ सय बराबरको खाद्यान्न सामान वितरण गरेको छ ।
मुभिजका कार्यकारी निर्देशक दिप लम्सालले पिठौलीमा रहेको वृद्धा आश्रमलाई २० हजार ४ सय बराबरको खाद्यान्न वितरण गर्नुभएको हो । एक वर्षअघि स्थापना भएको फ्लाईङ गाइजले बिभिन्न म्युजिक भिडियो उत्पादन गर्दै आएको छ ।
कम्पनीले पछिल्लो समयमा भाग्य नामको म्युजिक भिडियो सार्वजनिक गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न सामाजिक संघ संस्थाहरुलाई आर्थिक एवं भौतिक सहयोग गर्दै आएको कम्पनीका कार्यकारी निर्देशक लम्सालले बताउनुभएको छ ।

Post a Comment

0 Comments