काठमाडौं– थाइल्याण्डमा जारी एसिया कप महिला क्रिकेटमा नेपालले आफ्नो अन्तिम खेलमा सबैभन्दा नराम्रो प्रदर्शन गरेको छ । भारतविरुद्ध भएको खेलमा १ सय २१ रनको लक्ष्य पच्छ्याएको नेपाली टिम १६ ओभर ३ बलमा अल आउछ हुँदै जम्मा २१ रन मात्र बनाउन सक्यो । नेपालमा लागि यो रन प्रतियोगितामा सबैभन्दा कम रन हो ।
यो खेल सँगै नेपाल भारतसँग ९९ रनले पराजित भएको हो ।
नेपालका लागि सरिता मगरले बनाएको ६ रननै सबैैभन्दा धेरै भयो । करुणा भण्डारी, रुविना क्षेत्री र ज्योति पाण्डेले समान दुई दुई रन बनाए । नेपालका चारजना खेलाडी डक आउट भएको खेलमा रोशनी बोहोरा र सीता रानामगरले एक एक रन बनाए । पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । भारतका लागि शिखा पाण्डेले सर्वाधिक ३९ रन बनाइन् । त्यस्तै भेल्लसमी भनिताले २१, अनुजा पटिलले १६, हार्मनप्रित काउरले १४, नुहाज प्रविनले १३, मनिशी जोशीले ५ र सविन्नी मेगानले ४ रनको योगदान गरे ।

यो नतिजाँंगै नेपाल प्रतियोेगितामा सबै खेल हार्दै सबैभन्दा पुछारमा रहेको छ । नेपालका लागि सरस्वती कुमारीले २, कप्तान रुविना क्षेत्री, करुणा भण्डारी र सरिता मगरले एक एक विकेट लिए । प्रतियोगिता अन्तर्गत नेपाल पाकिस्तानसँग ९ विकेटले, श्रीलंका र थाइल्याण्डसँग समान ८ विकेटले, र बंगलादेशसँग ९२ रनले पराजित भएको थियो । निकै ठूला आशा बोकेर थाइल्याण्ड गएका खेलाडीले समग्रमा निराशाजनक प्रदर्शन गरे । यसको पछाडि खेल प्रशिक्षण र नेपाली क्रिकेटमा देखिएको विवाद मुख्य कारण पनि हो । नेपाली खेलाडीको अभ्यास कम हुनुले पनि परिणाम यस्तो देखिएको हो ।
0 Comments