Ticker

6/recent/ticker-posts

करिश्मासँग बाबुराम हल पुगेपछि

काठमाडौं– पूर्व–प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले चौथो सातामा प्रदर्शनरत नेपाली चलचित्र ‘जात्रा’ हेरेका छन् । काठमाडौंको सुन्धारास्थित सिभिल मलको क्युएफएक्स सिनेमा हलमा पत्नी हिसीला यमी, नयाँ शक्ति नेपालकी सदस्य तथा अभिनेत्री करिश्मा मानन्धर र आफ्ना दलबल सहित डा.भट्टराईले ‘जात्रा’ फिल्म हेरेका हुन् ।

प्रदीप भट्टराई निर्देशित ‘जात्रा’ समाजको सजिव चित्रण रहेको डा.भट्टराईले टिप्पणी गरे । उनले भने, ‘समाजमा आर्थिक रुपको जुन खालको विपन्नता छ । र, त्यो कारणले राज्य सत्तामा जुन खालको विसंगती छ । आज कसैले कसैमाथि विश्वास गर्न नसक्ने वातावरण छ । त्यसको सजिव चित्रण फिल्मले दिएको छ ।’ यस्तै बाबुराम पत्नी यमीले ‘जात्रा’ ले आफुलाई गम्भिर बनाएको बताइन् । उनले भनिन् ‘कन्टेन्ट र एक्टिङ हेर्ने हो भने यसले एसियामै अवार्ड पाउनु पर्ने हो ।’ यता अभिनत्री मानन्धरले हाँसो र रोनदयुक्त फिल्म भनी व्याख्या गरिन् । ‘जात्रा नहेरेको भए मैंले राम्रो फिल्म छुटाउने रैछु’ करिश्माले भनिन् । फिल्म हेरेपछि बाबुराम, हिसिला र करिश्माले निर्देशक भट्टराई र कलाकार तथा निर्माता बाँनियासँग केही समय भलाकुसारी समेत गरेका थिए । रविन्द्रसिंह बाँनिया निर्मित फिल्म ‘जात्रा’ मा कलाकार विपिन कार्की, रविन्द्र झा, निर्माता बाँनिया र नायिका बर्षा राउतको मुख्य भूमिका रहेको छ ।

रिलिज भई सफलताकासाथ प्रदर्शनरत फिल्म ’जात्रा’को हालसम्मको विजनेस रिपोर्ट सार्वजनिक भएको छ । फिल्म वितरणको अधिकार लिएको पपकर्न पिक्चर्सले फिल्मको २१ दिने (तीन हप्ताको) विजनेस सार्वजनिक गरेको हो । पपकर्न पिक्चर्सको तर्फबाट माधव वाग्लेले दिएको विवरण अनुसार शुक्रबारबाट प्रदर्शनको चौथो हप्ता प्रवेश गरेको फिल्मले अहिलेसम्म २ करोड १९ लाख ९ हजार तीन सय १५ रुपैयाँको (ग्रस) विजनेस गरेको छ । मल्टिप्लेक्स तथा सिंगल थियटरबाट फिल्मले यो आम्दानी गरेको हो । 

फिल्मले यो शुक्रबारबाट थप ६ हल पाएको छ । भने मल्टिप्लेक्समा पनि विजनेस राम्रो गरिरहेको छ । प्रदिप भट्टराई निर्देशित फिल्मले यो हप्ता अन्य ठूला फिल्म प्रदर्शनमा नआउनु अनि  गत हप्ता रिलिज फिल्म ‘पुरानो डुङ्गा’को नेगेटिभ वर्ड अफ माउफले खस्किँदो शो र घट्दो दर्शकको पनि फाइदा जात्रालाई हुन पुगेको छ ।

Post a Comment

0 Comments