Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच बुधबार भक्तपुरमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको छ । भेटमा देशको समसामयिक अवस्था, संसद् अवरोध, संविधान कार्यान्वयन एवम् निर्वाचनका सम्बन्धमा दुई दलका नेताबीच छलफल भएको हो।
भेटवार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद्को जारी अवरोध, संविधान कार्यान्वयन र स्थानीय निकायको निर्वाचनका विषयमा कसरी अगाडि जाने भन्नेबारेमा दुबै नेताबीच छलफल भएको बताए।
उनले भने, ‘संसद्मा आन्दोलन चलिरहेको छ, संसद् अवरुद्ध भइरहेको छ, सडकमा पनि जनता उठिरहेका बेलामा अब कसरी अगाडि बढ्ने र आन्दोलनलाई कसरी लैजाने भन्नेबारेमा छलफल भएको छ।’ सरकारले संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव देश र जनताको हित विपरीत रहेको भन्नेबारेमा दुबै दल एकमत रहेको बताउँदै पूर्वसभामुख समेत रहनुभएका नेता नेम्वाङले भने, ‘छलफलमा संविधान संशोधनको विषयलाई लिएर संसद्मा गरिएको अवरोधलाई निरन्तरता दिने र अझै सशक्त ढङ्गले अगाडि बढ्नेबारेमा दुई दलबीच छलफल भएको छ ।’ उनका अनुसार संसद्को अवरोध र सडक आन्दोलनलाई जारी राख्दै अझै शसक्त ढङ्गले लैजानेबारेमा दुबै दलको एउटै धारणा रहेको छ ।

त्यस्तै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद्को अवरोध जारी राख्नेबारेमा दुई दलबीच सहमति भएको जानकारी दिए।  ‘संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई स्थगित गरेर अगाडि जानु हुदैन, यसो गर्दा जनताको भावनामा ठेस पुग्छ र जनताले संसद्लाई पनि विश्वास गर्दैनन्, पार्टीलाई पनि विश्वास गर्दैनन्, त्यसैले प्रस्ताव फिर्ता नलिएसम्म संसद् अवरुद्ध गर्ने कार्यलाई निरन्तरता दिनुपर्छ, यसका लागि सरकारलाई दबाब दिनुपर्छु उनले भने।
अध्यक्ष बिजुक्छेले स्थानीय निकायको निर्वाचनका लागि अझै ऐन कानुन नै नबनेको अवस्थामा संसद्मा दर्ता भएको विधेयकलाई थाँती राखेर निर्वाचनमा जाने भन्ने चर्चा सत्तापक्षले प्रतिपक्षको ध्यान अन्तै मोड्न खाजेको आरोप लगाए।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply