Ticker

6/recent/ticker-posts

संविधान संशोधन प्रस्ताव अघि बढाउन सरकारमा सहभागि दल र मधेशी मोर्चाबीच सहमति

काठमाडौ,१६पुस ।
सरकारमा सहभागि प्रमुख दुई दल नेपाली कांग्रेस,माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई टेबुल गरेर प्रक्रियामा लैजाने सहमति भएको छ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लैजाने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार विहान प्रधानमन्त्री पुष्पकमल दाहालसहित माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको छलफलमा संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लैजानका लागि अगाडी बढाउने सहमति भएको हो । बैठकमा सहभागि सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्तावलाई टेबुल गरेर प्रक्रियामा लैजाने र संविधान संशोधनपछि मोर्चाले तीनै तहको चुनावमा भाग लिने प्रतिक्रिया दिए ।
बैठकमा सहभागि प्रधानमन्त्री पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले संविधान संशोधन प्रस्तावलाई अगाडी बढाउने, स्थानीय तहको चुनावको मोडालिटी तयार पार्ने र चुनावको मिति घोषणा गर्ने सहमति भएको जानकारी दिए ।
राजनीतिक सल्लाहकार खनालले आगामी हप्ता संशोधन प्रस्ताव पारित हुने भन्दै प्रतिपक्षी दल एमालेलाई पनि सहमतिमा ल्याउन प्रयास जारी राख्ने बताए । एमालेलाई एक्लयाउने आफुहरुको मनसाय नभएको भन्दै राजनीतिक सल्लाहकार खनालले अब एमालेले जे गर्छ त्यो उस्को भुमिका भएको टिप्पणी गरे ।
यसैबीच, शुक्रबार अपरान्ह सिंहदरवारमा भएको छलफलमा नेपाली कांग्रेस र मधेशी मोर्चाबीच संविधान संशोधन प्रस्तावलाई अगाडी बढाउने सहमति भएको थियो ।

Post a Comment

0 Comments