Ticker

6/recent/ticker-posts

स्मार्ट र युटिएलको ठगी धन्दाको रहस्य खुल्यो

करोडौं विदेशी रकम अपचलन 
काठमाडौं, मंसिर । २०७० सालमा नेपालमा दुर सञ्चार सेवा सञ्चालन गर्न एकीकृत लाइसेन्स पाएका स्मार्ट टेलिकम(स्मार्ट) र युनाइटेड टेलिकम लि(युटिएल)ले तीन वर्ष वित्नलाग्दा समेत आफ्नो क्षमता विस्तार गर्न सकेका छैनन् । स्मार्टले चितवन, पोखरा, नेपालगञ्ज, विरगञ्ज र काठमाडौंमा सेवा सञ्चालन गरेको भने पनि पूर्वाधारमा लगानी नगरेका कारण पर्याप्त मात्रमा सेवा सुचारु गर्न सकेको छैन ।

स्मार्टले भने २४ जिल्लामा आफ्नो पहुँच विस्तार भएको दावी गर्दै आएको छ । नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार स्मार्टको क्षमता कति हो भन्ने एकिन तथ्यांक आर्थिक वर्ष २०७१÷२०७२ देखि पेश नगरेको बताएको छ । स्मार्टले आर्थिक वर्ष २०७१÷२०७२ मा प्राधिकरणमा पेश गरेको उसको पूर्वाधारको तथ्यांकमा ११ वटा टु जी र थ्री जी र ७ सय ५० वटा भिस्याट टावरमा लगानी गरेको देखाएको छ । स्मार्टले नेपालमा टेलिकम सेवामा आफ्ना लगानी नगरी नेपालको महत्वपूर्व व्याण्ड ओगटने र अन्य व्यापारीलाई लगानी गर्न लगाउने खेलमा लागेकाले पूर्वाधारमा लगानी नगरेको स्रोतले बताएको छ ।

हाल स्मार्टले १ सय ५० वटामात्र टावरको निर्माण कार्य थालेको भएपनि १ सय वटा सम्पन्न गरेको  छ ।  नेपालमा टेलिकम सञ्चालनको अनुमति पाएको पाँच वर्ष पुग्दा बजारलाई आफूसँग भएको एकीकृत लाइसेन्सका आधारमा अन्तराष्ट्रिय र आन्तरिक बजारबाट ठूलोमात्रामा रकम मात्र संकलन गरिरहेको स्रोतले बतायो । स्रोतका अनुसार काजकस्तानको एक व्यापारीलाई कम्पनिको ५० प्रतिशत शेयर दिएर पैशा लिईसकेको छ ।

काजकस्तानी व्यापारीबाट लिईएको उक्त पैशा कम्पनिमा लगानी नगरी  उक्त कम्पनि अर्थात स्मार्टले अन्य व्यापारमा लगाउने योजना बनाएको स्रोतले बताएको छ । स्मार्टका सञ्चालकले चाइनाको एक इन्स्योरेन्स कम्पनिसँग धेरै पटक भेट गरि बीमा पोलिसी लिन बारम्बार ताकेता गरे पनि उक्त इन्स्योरेन्सले सहमति दिएको छैन ।
 टेलिकमका विभिन्न सामान खरिद गर्न बीमा आवश्यक भएकाले बीमा अनिवार्य गर्नुपर्ने हुन्छ । बीमा नगरि नेपालका बैंक तथा वित्तीय संस्थाहरुले प्रतितपत्र(एलसी) खोल्न पाउदैनन् । स्मार्टले नेपालमा भएको अनुमतिपत्रको दुरुपयोग गर्दै विभिन्न बैंक तथा वित्तीय संस्थामा बजार मुल्य भन्दा महँगो सामान खरिद गर्न एलसी खोल्न गरेको छ । यो स्मार्ट कम्पनिले स्वदेशी तथा विदेशी कम्पनिसंग धेरै रकममा सम्झौता गर्ने र उक्त सम्झौता देखाएर स्वदेशी बैंक तथा बित्तिय संस्थाहरुबाट उच्च रकममा एलसी खोलेर विदेशी रकम अपचलन गर्ने गरेको पाईएको छ ।

स्मार्टमा सञ्चालकहरुको विवादका कारणले थप लगानी जुटाउन नसकेका कारण पूर्वाधारमा लगानी गर्न नसकेको स्रोतले बताएको छ । नेपाली लगानीकर्ता सतिसलाल आचार्यलाई क्रस होल्डिङ्ग गर्न नपाउने भएकाले स्मार्टबाट आफ्नो लगानी झिकेको हल्ला गरे पनि उनकै योजनामा विभिन्न अन्य कम्पनीसँग रकम उठाउने गरेको स्रोतले बताएको छ ।
नेपालीहरुको रमक उठाने योजनामा मात्र रहेको स्मार्टको गतिविधिलाई नेपाल दूरसञ्चार प्राधिकरणले बेलैमा अनुसन्धान नगरे धेरै स्वदेशी तथा विदेशी लगानीकर्ताहरु ठगिने सम्भाबना रहेको देखिन्छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरु पनि यस्ता कम्पनीहरुबाट बेलैमा जोगिन सके सर्वासाधारणको लगानी डुब्ने थिएन ।

याे पनि हेर्नाेस्

स्मार्ट टेलिकमद्वारा अर्बौ ठगीको रहस्य... 


Post a Comment

0 Comments