Ticker

6/recent/ticker-posts

नयाँ वर्ष २०१७ लाई संसारभर स्वागत


काठमाडाैं- अंग्रेजी पात्रो अनुसार आइतबारबाट नयाँ बर्ष सन् २०१७ औपचारिक रुपमा प्रारम्भ भएको छ। सन २०१६ लाई विदाई गरिएपछि राती १२ बजेबाट नयाँ वर्ष २०१७ को प्रारम्भ भएको हो। नयाँ वर्षको औपचारिक सुरुवात भएसँगै विश्वभरका मुख्य शहरहरुमा नयाँ वर्ष २०१७ लाई उमङ र हर्षोल्लासका साथ स्वागत गरेर मनएको छ ।
सिड्नीको ओपेरा हाउस र हार्पर ब्रिजमा चम्किला आतसबाजीको साथमा नयाँ सन् २०१७लाई स्वागत गरेको थिए। न्युजिल्याण्ड, अष्ट्रेलिया एशिया तथा युरोपका सम्पुर्ण भुभाग, अफ्रिकामा नयाँ वर्षलाइ हर्सोल्लासपुर्वक स्वागत गरिएको छ । नयाँ वर्षका अवसरमा न्युजिल्याण्डको वेलिङ्टन तथा औकल्याण्ड, अष्ट्रेलियाको सिड्नी, एडिलेड, पर्थ तथा क्यानबेरा, जापानको टोकियो, दक्षिण कोरियाको सिओल, हङ्कङ्, चीनको बेइजिङ् तथा साङ्घाइमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
संयुक्त अरब इमिरेट्सको दुबई, रुसको मस्को तथा सेन्ट पिटर्सबर्ग, दक्षिण अफ्रिकाको जोहनेस्बर्ग, पोल्याण्डको वार्सा, जर्मनीको बर्लिन तथा म्युनिख, भेटिकन, स्विट्जरल्याण्डको जेनेभा, फ्रान्सको पेरीस, बेलायतको लण्डनमा आतिबाजी गरी नयाँ वर्षलाइ स्वागत गरिएको छ ।
लन्डनमा मानिसहरुले आतसबाजीमा रमाइ रमाई नाचिरहेका थिए।यसैगरी चाइनाको ग्रेटवालबाट समेत नयाँ वर्ष २०१७ लाई झिलिमिल पारेर स्वागत गरीएको थियो।
यसैबीच, यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले नयाँ वर्ष धुमधामसाथ मनाउँछन्। विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर’काे रमझम छाएकाे छ । पोखरा लगायतका पर्यटकीय स्थलमा नयाँ वर्ष मनाउने पर्यटकहरुले भरिभराऊ भएका छन् ।

Post a Comment

0 Comments