Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

जकार्ता,१६ पुस ।
इन्डोनेसियाली एक विमान कम्पनीको विमान उडानका लागि तयारी गरिरहेकाबेला विमानचालक नशामा भेटिएको भन्ने आरोपपछि आरोपित विमानचालकलाई उक्त विमान कम्पनीले निष्कासन गरेको छ ।
विमानचालक टेकाड पुर्नलाई इन्डोनेसियन बजेट एअरलाइनले सुरावयाबाट आन्तरिक उडानमार्फत् एअरबस ३२० मा यात्रा गर्न लागेका एक यात्रीको बयानका आधारमा अनुसन्धान अघि बढाएको थियो ।
बुधबार विमान उड्नै लाग्दा चालकमाथि नशामा रहेको शंका व्यक्त गर्दै विमानबाट झरेपछि अर्को चालकमार्फत् उडान गर्न उनले अनुरोध गरेका थिए ।
विमानचालकले विमान उडाउने तयारी गरिरहेकाबेला उनको बोली प्रस्ट नभएपछि यात्रीले चालकमाथि शंका व्यक्त गरेका हुन् ।
यसैबीच, सीटी लिंक कम्पनीका निर्देशक तथा अध्यक्ष अल्बर्ट बुरहान र उत्पादन निर्देशकले पनि उक्त विषयमा आफू दोषी रहेको स्वीकार गर्दै पदबाट राजीनामा दिएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply