काठमाडौं– मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र भुपेन्द्र न्यौपाने नेतृत्वको कम्युनिष्ट न्यूक्लियसबीच आज पार्टी एकता हुँदैछ ।काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा मध्यान्ह १२ बजे हुने पार्टी एकतामा न्यौपाने नेतृत्वको न्यूक्लियस वैद्य माओवादीमा विलय हुने भएको हो ।
क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलले दुई माओवादीबीच आन्तरिक तयारीपछि एकता हुन लागेको बताए । सुदर्शन ओली नेतृत्वको कम्युनिष्ट न्यूक्लियसको बाँकी रहेको समूह अलग अस्तित्वमा बस्दै आएको थियो । ओली समूह नेत्रविक्रम चन्द नेतृत्वको माओवादीमा प्रवेश गरेपछि न्यौपाने समूहले अलग पार्टी चलाउँदै आएको थियो ।
0 Comments