काठमाडौं– अन्तर्राष्ट्रिय स्तरको आमा भेन्चर्स प्रालिले मःमलाई ब्राण्डको रुपमा स्थापित गरी नेपाल, भारत, अमेरिका लगायत संसारभर फैलाउने उद्देश्यले क्लासिक ममःको नामले उत्पादन तथा विक्री शुरु गरेको छ ।
राजधानीको नारायणचौर नक्सालमा क्लासिक मःमको विकास र विस्तार गर्दै मःमलाई विश्वव्यापीकरण गर्न व्यवसायीक उत्पादन तथा विक्री शुरु गरेको आमा भेन्चर्स प्रालिका अध्यक्ष हरिश्वर पोखरेलले जानकारी दिए । शुक्रबार एक कार्यक्रमको आयोजना क्लासिक ममको विषयमा विविध जानकारी दिइएको थियो ।
आमा भेन्चर्सका अन्य उद्योगहरुमा आमा ट्राभल एण्ड टुर्स, अर्जुन फिटनेश क्लव र मार्शल आर्ट, अनलाइन बिजनेस मेरोस्टोर डटकम र विर्तामोड टायर रिसोलिङ्ग विर्तामोड रहेका छन् । पहिलो चरणमा नारायणचौर नक्सालबाट शुरु गरि अर्काे महिनाभित्र क्रमशःकाठमाण्डौको न्यूरोड, नयाँबानेश्वर, कोटेश्वर, महाराजगञ्ज हुँदै ललितपुरको झम्सिखेलमा पनि क्लासिक ममःको आउटलेट खोलिने जानकारी दिइएको छ ।
त्यस्तै, भारतको बैंगलोरमा यसको आउटलेट खोलिसकिएको छ । त्यस्तै, नयाँदिल्ली लगायत अन्य १० वटा प्रमुख शहरमा चरणवद्ध रुपमा र त्यसलगत्तै संयुक्त राज्य अमेरिकाको शिकागोमा पनि क्लासिक ममः को शाखा खोलिने तयारी गरिएको कार्यक्रममा जानकारी दिइएको थियो ।
कम्पनीमा ३ र ४ तारे होटेलमा काम गरेको अनुभव बटुलिसकेका २५ जनाकर्मचारी (सेफ, हेड कुक, कुक) र अन्यकर्मचारीहरु कार्यरत रहेका छन् ।

0 Comments