Ticker

6/recent/ticker-posts

वैद्यले प्रचण्डलाई भने– ह्याप्पी बर्थ डे !

काठमाडौं, मंसिर ।  नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जन्म दिनको शुभकामना दिएका छन् ।

र नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन आइतबार बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका वैद्यले प्रचण्डलाई ६२ औं वर्ष पुगेको उपलक्ष्यमा जन्मदिनको शुभकामना दिएका हुन् ।

बालुवाटारमा प्रचण्ड र वैद्यवीच भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सो भेटमा प्रधानमन्त्री प्रचण्डले वैद्यलाई समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयहरुबारे जानकारी  गराएका थिए ।

वैद्य प्रचण्डका राजनीति गुरु हुन् । उनी माओवादी पार्टी फुटाएर अलग्गै बसेका छन् । रामबहादुर थापा समूह पुरानो घरमा फर्किए पनि वैद्य भने अहिलेसम्म माओवादी केन्द्रमा फर्किएका छैनन् ।

Post a Comment

0 Comments