Ticker

6/recent/ticker-posts

रहेनन साहित्यकार कमलमणि दीक्षित

काठमाडौं, १४ पुस ।  साहित्यकार कमलमणि दीक्षितको निधन भएको छ । ८६ वर्षको उमेरमा बिहीबार बिहान आफ्नै निवास ललितपुरको पाटनढोकामा उहाँको निधन भएको हो ।
उहाँ वि.सं. १९८६ सालमा भदौ कुशे औंसीका दिन काठमाडौंको गौरीधारामा जन्मनुभएको थियो । उहाँ वरिष्ठ पत्रकार कुन्द र कनकमणि दीक्षितका पिता हुनुहुन्छ ।
मदन पुरस्कार गुठी तथा मदन पुरस्कार पुस्तकालयका संस्थापक समेत रहेका दीक्षितका नेपाली भाषा, साहित्य तथा इतिहास सम्बन्धी पुस्तक प्रकाशित छन् ।
उहाँले विभिन्न पत्रपत्रिकाको सम्पादन पनि गर्नुभएको छ । यस्तै बालसाहित्यमा पनि पुस्तक छन् । 

Post a Comment

0 Comments