काठमाडौं– नायक अनमोल केसीको नयाँ फिल्म ‘कृ’को प्रदर्शन मिति तय गरिएको छ । फागुनको पहिलो साताबाट छायांकनमा जान लागेको फिल्म आउँदो भदौ १६ गतेबाट देशभर प्रदर्शनमा आउनेभएको छ ।
निर्माता सुवास गिरीले भने–‘हामीले छायांकन अगावै प्रदर्शन मिति तय गरेका छौ ।’ फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । सुवास इन्टरटेन्मेन्टको निर्माण र द सुपर काजोल फिल्मस्को प्रस्तुतिमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा सुवास गिरी र नायक भूवन केसीको लगानी रहनेछ । फिल्मको कार्यकारी निर्मातामा कमल गिरी, सह–निर्मातामा श्री पराजुली रहेका छन् । फिल्ममा अनमोल संगै नवनायिका अदिती वुढाथोकी मुख्य भूमिका देखिनेछन् ।
युवा स्टार अनमोल केसीले २० लाख पारिश्रमिक लिएर खेल्न लागेको चर्चाकै कारण हाईपमा रहेको फिल्म ‘कृ’को निर्माण पहिले नै रिलिज मिति फेरबदल भएको छ । फिल्म यसअघि अर्को बर्षको दशैंमा रिलिज गरिने बताईए पनि अब त्यो भन्दा अघि नै आउने भएको हो । निर्माता सुवास गिरीले अर्को बर्षको भदौ १६ मा ‘कृ’ रिलिज हुने जानकारी गराए । भदौका विभिन्न सार्वजनिक विदा र नजिकिँदो दशैंको छेको छोपेर उक्त मिति तय गरेको गिरीले बताए । त्यसो त दशैंको फुलपातीमा भने यसअघि नै अभिनेत्री रेखा थापाको फिल्म ‘कसले चोर्यो मेरो मन फेरी’ रिलिजको घोषणा गरिसकिएको छ ।

0 Comments