काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधान अपांगमैत्री रहेको बताएका छन् । २५ औं अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा बालुवाटारमा विभिन्न संगठनहरुद्वारा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘हामीले विश्वका विकसित भनिएका देशका संविधान पनि हेरेका छौं । हाम्रो संविधान अपांगहरुको अधिकार र सहज जीवनयापनका लागि पूर्ण छैन । तर, अपांगमैत्री छ । यसको सफल कार्यान्वयन गर्न सक्दा धेरै अधिकारहरु प्राप्त हुनेछन् ।’
प्रधानमन्त्री दाहालले भने, ‘संविधानले राष्ट्रिय सभामा अपांगहरुको प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । अब हामीले स्थानीय तहदेखि नै नीति निर्माणमा अपांगहरुको प्रतिनिधित्व गराउनेतिर बल गर्नुपर्छ ।’ संविधानले व्यवस्था गरेका अधिकारलाई अब कानुन बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने चुनौति रहेको उनले बताए । ‘मैले अपांगहरुका पक्षमा भावी पुस्ताले समेत स्मरण गर्ने गरी काम गर्न खोजेको छु,’ उनले भने ।
कार्यक्रममा उनले प्रधानमन्त्रीको नेतृत्वमा रहेको अपांगता अधिकार सम्बन्धि डेक्सलाई तुरुन्तै सक्रिय पारेर काम अघि बढाउने बताए । ‘मेरो नेतृत्वमा भएको डेक्सलाई तुरुन्तै सक्रिय बनाएर कामको थालनी गर्छु,’ उनले भने, ‘अपांगहरुको जीवन निर्वाह भत्ता ज्यादै न्यून छ, यसलाई बढाउन पहल गर्नेछु ।’
निजामति र सरकारी सेवामा रहेका अपाङ्ग कर्मचारीहरुले स्वास्थ्यका कारण काम गर्न नसकेमा निश्चित मापदण्ड बनाएर पेन्सनको व्यवस्था गर्ने व्यवस्थाका लागि पहल गर्ने पनि उनले बताए ।
प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन गरी निर्वाचनमा जानु सरकारको प्राथमिकता रहेको जानकारी दिँदै छिटै राजनीतिक दलहरुबीच सहमति जुट्ने बताए ।
कार्यक्रममा अपांगका प्रतिनिधिहरुले संविधानमा अपांग अधिकारको सुनिश्चितता, सहज जीवन यापन, अपांगमैत्री संरचना, रोजगारी लगायतका विषयलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

0 Comments