सिरहा– नेपाली कांग्रेस सिरहाको सभापतिमा सांसद रामचन्द्र यादब निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा आफ्ना प्रतिद्वन्द्वी नरेश यादबलाई २०८ मतले पछाडि पार्दै सांसद यादब सभापतिमा निर्वाचित भएका हुन् ।
रामचन्द्रले कूल ५६९ मत ल्याए भने उनका प्रतिद्वन्द्वी नरेशले ३६१ मत मात्र प्राप्त गरे । सभापतिमा निर्वाचित सांसद रामचन्द्र सभापति शेरबहादुर देउवा निकट मानिन्छ । पराजित भएका नरेश बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् ।
यस्तै जिल्ला सचिवमा सिरहा नगरपालिकाका पूूर्व उपमेयर उपेन्द्र यादब र कोषाध्यक्षमा सूर्यनाथ मण्डल निर्वाचित भएका छन् । सचिव यादब र कोषाध्यक्ष मण्डल पनि सभापतिमा निर्वाचित भएका साँसद यादबकै प्यानलबाट चुनाव लडेका थिए ।

0 Comments