Ticker

6/recent/ticker-posts

चीनसँग सम्वन्ध बिग्रिएको छैनः परराष्ट्रमन्त्री महत

काठमाडौं, १४ पुस । परराष्ट्रमन्त्री प्रकाशशरण महतले उत्तरी छिमेकी मुलुक चीनसँगको सम्वन्ध नबिग्रिएको दाबी गरेका छन् । मन्त्री महतले बुधबार पत्रकार सम्मेलन नै गरेर पछिल्ला समयमा आएका समाचारहरुको खण्डन गरेका छन् । उनले चीनसँग सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउने तर्फ सरकार प्रयत्नशील रहेको स्पष्ट पारेका छन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले परराष्ट्र सम्बन्धका बारेमा सरकार जानकार रहेको भन्दै मिडियामा आएजस्तो छिमेकी राष्ट्रसँग सम्बन्ध नबिग्रिएको बताए । परराष्ट्रमन्त्री महतले मंगोलियाका परराष्ट्रमन्त्री टेण्ड मुन्ख ओर्गिल र चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य लिउ उइवाको नेपाल भ्रमण र त्यस क्रममा भएका सहमतिबारे मिडियामा अनर्गल प्रचार गरिएको दाबी गरे ।
संयुक्त राष्ट्रसंघमा भूपरिवेष्ठित मुलुकका चासोका विषयमा सहकार्य र सहयोग गर्ने सवालमा राष्टसंघकै प्रावधान अनुसार थिङट्याङ्क राख्ने विषयमा सहमति जनाएको भन्दै उनले त्यसमा शंका नगर्न आग्रह गरे ।
साथै उनले शान्ति सेनामा नेपाललाई भारतको माहतमा राख्ने प्रस्ताव आएको समाचार पनि गलत भएको दाबी गरे । यस्ता विषय बाहिर आउँदा दुई देश विचको सम्बन्धमा थप प्रभाव पार्ने भन्दै उनले संवेदनशील बन्न आग्रह गरे ।
मन्त्री महतले परराष्ट्र नीति तथा कूटनीतिक सम्बन्धलाई थप व्यवस्थित र मर्यादित बनाउन आफू लागेको बताए ।

Post a Comment

0 Comments