Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं– नेपाल टेलिकमले आइतबारबाट नेपालमै पहिलोपटक चौथो जेनेरसनको मोबाइल डाटा सेवा (फोर जी) सुरु गर्दैछ । अंग्रेजी वर्ष सन् २०१७ को अवसरमा काठमाडौं र पोखराबाट फोर-जी सेवा सुरु गर्न लागिएको हो ।

मध्यान्ह १२ बजे सोल्टी होटलमा आयोजित विशेष समारोहबाट फोर जी सेवाको उदघाटन हुने छ । फोर जी सेवा सुरु भएपछि अहिलेसम्म चलिरहेको भन्दा द्रुतगतिको मोबाइल डाटा इन्टरनेट सुविधा पाइने छ । अहिले मोबाइल प्रयोगकर्ताले प्रयोग गरिरहेको मोबाइल डाटाको स्पिड १४ एमबी प्रतिसेकेण्ड छ । तर, फोर जीको न्युनतम स्पिड नै ३५ एमबी प्रतिसेकेण्ड हुने नेपाल टेलिकमको दाबी छ । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले आइतबार फोर जीबारे विस्तृत विवरणहरु सार्वजनिक गर्ने बताए ।

आइफोनमा तत्काल नचल्ने

फोर जी सेवा हाल काठमाडौं र पोखराका एनटिसीका सेवाग्राहीले प्रयोग गर्न पाए पनि बिस्तारै अन्य शहरहरुमा पनि एक्टिभ गरिने टेलिकमले जनाएको छ ।

यो सेवा काठमाडौं र पोखराका सबै नेपाल टेलिकमका प्रयोगकर्ताले फोरजी सेवा पाउने छैनन् । किनभने टेलिकमले चर्चित स्मार्टफोन ‘आइफोन’ बोक्ने ग्राहकलाई तत्काल यो सेवा दिन सक्ने छैन ।

केही समयपछि भने आइफोनमा पनि फोर जी चल्ने टेलिकमको प्राविधिक स्रोतले बतायो । टेलिकमले समयमै आइफोनमा फोर-जी चल्ने गरी एप्पल कम्पनीसँग समन्वय नगर्दा सुरुवातमै आइफोन बाहक फोर जी प्रयोगबाट बञ्चित हुने अवस्था आएको हो ।

आइफोनका फोर जी कम्प्याटेबल मोडलमा पनि फोरजी नचल्नुको कारण हो, कम्पनीको सेक्युरेटी फिचर्स ।

त्यसलाई फोर जी चल्नयोग्य बनाउने गरी टेलिकमले केही समयअघि नै एप्पललाई आग्रह गरेको भए यो अवस्था आउने थिएन । एप्पलले टेलिकमको नेटवर्कका लागि ‘लोकेसन इनेबल’ गरिदिएको छैन ।

ढिला गरेर टेलिकमले केहीदिन अघि मात्रै एप्पललाई यसका लागि आग्रह गरेको छ । तर, तत्काल यो सम्भव नभएकाले सुरुवातमा फोरजी चल्ने अवस्था देखिएको छैन । एनसेलले भने फोरजीको अनुमति नपाए पनि एप्पलबाट लोकेशन इनेबल गराइसकेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply