Ticker

6/recent/ticker-posts

टोटनह्याम विजयी, केन पेनाल्टीमा चुके

काठमाडौं,  पुस । इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ । टोटनह्यामले १० खेलाडीमा सीमित भएको साउथह्यामप्टनलाई ४–१ ले हराएको हो । टोटनह्यामको जितमा डेल अलीले दुई तथा ह्यारी केन र सन ह्युङ मिनले एक एक गोल गरे । 
साउथह्यामप्टनका लागि भान डिजेकले एक गोल गरे । दोस्रो मिनेटमा नै डिजेकले गोल गर्दै साउथह्यामप्टनलाई सुरुवाति अग्रता दिलाएका थिए । १९ औं मिनेटमा अलीले टोटनह्यामका लागि बराबरी गोल फर्काए ।पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ५२ औं मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । ५७ औं मिनेटमा नाथन रेडमण्ड रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि साउथह्यामप्टन १० खेलाडीमा सीमित भयो । त्यसपछि पाएको पेनाल्टीमा केनले गोल गर्न सकेनन् । 
८५ औं मिनेटमा सनले गोल गरेपछि टोटनह्यामले ३–१ को अग्रता लियो । ८७ औं मिनेटमा अलीले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटनह्याम ४–१ ले विजयी भयो । जितपछि पाँचौं स्थानको टोटनह्यामको १८ खेलबाट ३६ अंक भएको छ । उ चौथो स्थानको आर्सनल भन्दा एक अंकले मात्रै पछि छ । २४ अंकसहित साउथह्यामप्टन आठौं स्थानमा छ ।

Post a Comment

0 Comments