Ticker

6/recent/ticker-posts

प्रधानमन्त्री दाहाल भन्छन्ः‘संविधान संशोधन पारित गराएरै छोड्छु’

काठमाडौ,१६ पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव पारित गराएरै छाड्ने दृढता व्यक्त गरेका छन् । नेपाल राष्ट्रिय ईन्जिनियर संगठनको प्रथम राष्ट्रिय भेलाको शनिबार ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेकपा एमालेले भने झैं सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नलिने स्पष्ट पारे ।
उनले आगामी संसद्को बैठकमा संशोधन प्रस्तावमाथि छलफल सुरु हुने जानकारी समेत दिए । संशोधनमार्फत संविधानमा सबैको भावना समेटिने भन्दै प्रधानमन्त्री दाहालले सरकारले ल्याएको प्रस्ताव फिर्ता लिनुपर्ने एमालेको अडान उपयुक्त नभएको जिकिर गरे ।
एमाले बिखण्डनकारी भएकाले मधेस र मधेसीका माग सम्बोधन गर्न इन्कार गरेको प्रधानमन्त्री दाहालको आरोप छ ।
प्रधानमन्त्री दाहालले मुलुकलाई विखण्डन गर्न खोज्नेहरुलाई जनताले नै पाखा लगाउने चेतावनी दिए । कार्यक्रमका सहभागीहरुले राष्ट्र निर्माणमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण भएको भन्दै इमान्दारिपूर्वक काममा लाग्न सुझाव दिएका छन् ।

Post a Comment

0 Comments