काठमाडौ, पुस ।
संविधान संशोधन विधेयकविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आइतबारबाट बहस सुरु भएको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा बहस सुरु गरिएको छ ।
तर, कार्की न्याय परिषद्को बैठकमा जानु पर्ने भएकाले आईतबार बहस सकिएन् । सरकारले प्रदेशको सीमांकन हेरफेरसहित संविधान संशोधनको विधेयक दर्ता गरे लगतै सर्वोच्चमा दुई अलग रिट परेका थिए ।
दुबैलाई एकसाथ सुनुवाई गर्दै सर्वोच्चले मंसिर २३ गते कारण देखाउ आदेश जारी गरेको थियो । र, अन्तरिम आदेश जारी गर्नु पर्ने नपर्नेबारे बहसका लागि बोलाएको थियो ।

0 Comments