Ticker

6/recent/ticker-posts

बाग्मती बाहेकका १३ वटा अञ्चल कार्यालयबाट लाईसेन्स दिन बन्द ?

काठमाडौ, माघ ।
बाग्मती बाहेकका १३ वटा अञ्चल कार्यालयमा सवारी चालक अनुमति पत्र लाइसेन्स् वितरणको काम ठप्प भएको छ । नयाँ लाइसेन्स जारी, प्रतिलिपि र नविकरणको काम रोकिँदा सेवाग्रही मर्कामा परेका छन् ।
सर्भर स्तरोन्नतिको काम भइरहेकाले काम ठप्प भएको यातायात व्यवस्था विभागले  जनाएको छ ।  ड्राइभिङ लाइसेन्स रजिष्ट्रेशन सिस्टमको सर्भर झण्डै ६ वर्ष पुरानो भएकाले त्यसको स्तरोन्नती भइरहेकाले गएको आइतबारदेखि नै काम ठप्प भएको हो ।
पुरानो सिस्टममा रहेका २५ लाख रेकर्डलाई नयाँमा लानुपर्ने भएकाले अझै एक हप्ता काम प्रभावित हुने विभागका सवारी तथा सवारी चालक नियमन शाखाका अधिकृत अर्जुन रिजालले बताए ।

Post a Comment

0 Comments