Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,पुस ।
कार्यालय समय नसकिदै काम छोडेर सरकारी कर्मचारीहरु काठमाडौमा आयोजना गरिएको प्रतिपक्ष दलहरुको विरोधसभामा सहभागि भएका छन् । उनीहरु विरोधसभा सुरु हुनअघि शहरका विभिन्न स्थानवाट निकालिएको जुलुसमा समेत सहभागि भएका छन् । शुक्रबार विहान कार्यालय समयमा कार्यालयमा उपस्थित भएर हाजिर मात्र गरेर कर्मचारीहरु जुलुसमा सहभागि भएका हुन् । 
राज्यकोषबाट तलबभत्ता खाने राष्ट्रसेवक कर्मचारीहरु नै कार्यालयमा बसेर नागरिकलाई सेवा नदिई पार्टीको जुलुस र शक्ति प्रदर्शनमा सहभागी हुन निजामति ऐनकै धज्जी उडेको सरोकारवालाहरुले बताएका छन् । कर्मचारीहरु पार्टीको झण्डा बोकेर सडकमा निस्किएपछि काठमाडौका सरकारी कार्यालयहरु कर्मचारी बिहिन हुनुका साथै सेवाग्राहीहरु मारमा परेका छन् ।
नेकपा एमालेले शुक्रबार राजधानीमा आयोजना गरेको शक्ति प्रदर्शनमा निजामति कर्मचारी, शिक्षकलगायतका राष्ट्रसेवक कर्मचारीहरु कार्यालयको कामै छाडेर सहभागी भएका हुन् । उनीहरु एमालेको झण्डा बोकेर पेशागत महासंघ अन्र्तगतको नेकपा एमाले पेशागत बिशेष जिल्ला कमिटीको ब्यानरसहित जुलुसमा सहभागि भएका छन् ।
निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल र उपाध्यक्ष भोलानाथ पोखरेल जुलुसको नेतृत्व गर्दै अग्रभागमा देखिए भने अन्य सरकारी कर्मचारीहरु उनीहरुका पछिपछि पार्टीका कार्यकर्ता भएर जुलुसमा सहभागि भए ।
मुख्यसचिव सोमलाल सुवेदीले राष्ट्रसेवक कर्मचारीहरु दलको झण्डा बोकेर पार्टीको कार्यक्रममा सहभागी भएकोमा कारवाही गर्ने चेतावनी दिएका छन् ।
निजामति सेवा ऐनको आचरणसम्बन्धी महलमा कर्मचारीहरु राजनीतिक दलको सदस्य हुन पाइँदैन । यस्तै उनीहरुले दलका झण्डामा कुनै क्रियाकलाप गर्न पाउने छैनन् । त्यस्तो गतिविधिमा संलग्न भएमा उनीहरुलाई स्पष्टीकरण सोध्ने, सचेत गराउने र भविश्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी सेवाबाट बर्खास्त गर्ने सम्मको व्यवस्था गरिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply