Ticker

6/recent/ticker-posts

विहे गर्न अस्विकार गरेपछि प्रेमीको अनुहारमा तेजाव खन्याईन् यी प्रेमिकाले...

नयाँदिल्ली,माघ ।
पुरुषले महिलाको अनुहारमा तेजाव हानेको समाचार अक्सर सुनिन्छ तर भारतमा भने ठिक उल्टो घटना भएको छ । बिबाह गर्न इन्कार गरेको भन्दै एक युवतीले प्रेमीको अनुहारमा तेजाव आक्रमण गरेकी छन् ।
पेशाले नर्श लिदिया यशपालले ३२ बर्षीय प्रेमी जयकुमार पुरुषोत्तमको अनुहारमा तेजाव छर्कनुका साथै मेडिकल ब्लेडले आक्रमण गरेकी छन् । पुरुषोत्तमको तर्फबाट प्रहरीमा दिइएको उजुरीमा लिदियासँग उनको चार बर्षको प्रेम थियो र लिदिया उनीसँग विवाह गर्न चाहन्थिन् ।
तर केटाले भने अलग धर्म भएका कारण उनीसंग विवाह गर्न अस्विकार गरेका थिए । खासगरी केटाका बुवाआमाले ती केटीलाई अस्विकार गर्दै आएपछि केटा पनि बाध्य भएर उनीसंग विवाह नगर्ने निर्णयमा पुगेका थिए ।
प्रहरीको उजुरीका अनुसार पुरुषोत्तमले लिदियासँग पछिल्लो तीन महिनादेखि सम्बर्कबिच्छेदको प्रयास गरेका थिए । र लिदिया यो सुनेर निक्कै रिसाएकी थिइन् की पुरुषोत्तम विवाहको लागि अर्की केटी खोजिरहेका छन् ।
पश्चिम बैंगलुरुका पुलिस उपायुक्तका अनुसार महिलाले पुरुषमाथि एसिड आक्रमण गरेको पहिलो घटना हो ।

Post a Comment

0 Comments