Ticker

6/recent/ticker-posts

सांस्कृतिक संघको अधिवेशनमा ‘काम’ भन्दा ‘दाम’ दिनेलाई प्राथमिकता

काठमाडौं– नेपाली कांग्रेसको १३ औं महाधिवेशनपछि यसका भ्रातृ एवं शुभेच्छुक संस्थाहरु क्रमशः अधिवेशन उन्मुख हुँदै तङ्ग्रन थालेका छन् । नेविसंघ, महिला संघ पछि तरुण दल हुँदै केही संस्थाहरु आ–आफ्नाअधिवेशनको चाँजोपाजो मिलाउँदै छन् । यही क्रममा नेपाल सांस्कृतिक संघको अधिवेशन माघ २१, २२ र २३ मा काठमाडौंमा हुँदैछ ।

त्यसो त सांस्कृतिक संघको अधिवेशन हुने कुरोको रटान र बाजा यसको नेतृत्वले धेरै पहिलेदेखि बजाउँदै आएको हो । एकाध ठाउँको मिति पनि तय भएकै हो । कसले, कहिले, किन अधिवेशन हुने मिति र स्थान तोकेका हन्, त्यसको पत्तो न केन्द्रीय कार्यसमितिमा रहनेलाई छ, न त पार्टी पङ्क्तिलाई नै त्यसवारेको आधिकारिक वोधार्थ ।

समाचार स्रोतका अनुसार विचित्रको छ यो संघ । कति जना कार्यसमितिमा छन्, त्यसको पत्तो कसैलाई छैन । विधि–विधान मान्ने र बैठक बसेर निर्णय भएको सन्दर्भ कहीँ–कतै सार्वजनिक हुँदैन । एक प्रकारले होइन हरेक प्रकारले बोझिलो देखिने संघको आवश्यकता र औचित्यमाथि जहीँतहीँबाट प्रश्न उठिरहेको छ । जवाफ कसले दिने ? मान्छे नभेटिएको कतिपय कन्द्रीय सदस्य नै बताउँछन् ।

किन यस्तो भयो ?
समाचार स्रोत अनुसार सांस्कृतिक संघ ०६२÷०६३ सालको आन्दोलन क्रममा विना गृहकार्य लहडमा जन्माइएको संस्था हो । नेपाली कांग्रेस पार्टीसँग भन्दा नयाँ वानेश्वर क्षेत्रको छक्कु–वक्कु मन्दिर छेउमा भेला हुने प्रजातन्त्रवादीहरुको ‘चाय–मिलन’का कारण यसको न्वारान भएको हो । तत्परिवेशमा कांग्रेसका नेता अर्जुननरसिंह केसीले आन्दोलनको उहार ल्याउन ‘कलाकारको अनुहार’ प्रभावशाली हुने ठहरको संयोजित निर्देशनले गर्दा संस्था स्वरुपमा पुग्यो– सांस्कृतिक संघ । तर कलाकार र संस्कृतिकर्मीभन्दा संघमा त्यसको ‘वर्णशंकरे’रुप हावी हुन पुग्यो । यो यथार्थ आजपर्यन्त कायम छ ।

लोकतान्त्रिक आन्दोलन जसै सफल भयो । संघको भ¥याङमार्फत सत्ता पिंढीमा घाम ताप्न चाहनेहरुको भीड बढ्यो । तत्परिवेशमा कलाकर्मको सरकारी नियुक्ति खान–पाउन मरिहत्ते गर्नेहरु संघमार्फत दाइहरु कहाँ ‘जयनेपाल’ गर्न पुग्न थाले । देखिन्थ्यो त्यसताका जसले संघको नाममा ‘दाम’सहितको काम खोज्दथे तिनीहरु भ्याई नभ्याई हुन्थ्यो । जो नाम भएका कलाकर्मी हुन्थे–उनीहरुले पार्टीका नाममा गाना–बजानाको पनि काम पाउँदैनथे । यही क्रममा संघको नेतृत्वमा रहनेहरुको बुझाइ होइन प्राप्ति पनि ‘प्रिपेड’सँगै ‘पोष्टपेड’ बन्दै गएको एक पदाधिकारीले टिप्पणी गरे ।

यही विन्दूबाट कुरा विग्रेको हो । पार्टीको शुभेच्छूक संस्थामा संघलाई परिभाषित त गरियो । तर संघ के र कसरी बाँच्छ ? त्यसको परिकल्पना सम्म गरिएन । नेतृत्वमा रहनेले केही कलाकारको अनुहार पार्टी नेतृत्वको सामुन्ने देखाएर ‘व्यापार’ गर्न थाले । संस्था चल्न चलाउन आवश्यक पर्ने साधन स्रोतको जोहोभन्दा विदेशतिर मान्छे पठाउने र सरकारी नियुक्तिका लागि पैसा उठाउने ‘म्यानपावर’ र ‘मुन्सी’को काम संघको नाममा भयो । संघको कार्यालय पुग्दा त्यहाँ पार्टीको नाममा हुने गरिने सरसल्लाहभन्दा विदेश हानिन आउने गैर सदस्यहरुको भीड हुन थाल्यो । कैयौं पटक पैसा लेनदेनका नामामा पाखुरा सुर्कासुर्की गरेको परिदृश्य देखिन्थ्यो । अरु त अरु संघका नामबाट दिइएको ‘चेक वाउन्स’को घटनाक्रम एकपछि अर्को गर्दै सार्वजनिक हुन थाल्यो ।
को को जिम्मेवार ?
संघ गठन भएदेखि आजसम्म यसको नेतृत्वमा लमजुङका कांग्रेस कार्यकर्ता तीर्थ थापा छन् । नेविसंघको पृष्ठभूमिबाट आएको बताउने थापा आर्थिक मामलामा साह्रै कमजोर मानिन्छन् । संघको केन्द्रीय कार्य समितिको सदस्यदेखि महामन्त्री मनोनयनमा थापाले जोसँग पैसा लिएका हुन्छन्, उसैलाई नियुक्ति गर्छन् । संघकै नाममा नाट्य तथा संस्कृति प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको पद पड्काएका थापाले १३ औं महाधिवेशन क्रममा संघका लागि प्राप्त हुने दुई महासमितिको कोटा पनि बेचेका थिए । ओखलढुंगाका लीला दाहाल र झापाका हेमन्त बुढाथोकीलाई ५÷५ लाख रुपैयाँ लिएर उनले महिसमिति सदस्य बनाएका थिए । संघको कार्यालय स्थापनामा ललितपुरका कुलचन्द्र सुवेदीलाई ८ लाख रुपैयाँ फसाएर उनले महामन्त्री समेत बनाएका थिए । तुलनात्मक रुपमा सोझा र इमान्दार सुवेदीसँगै उनले संघकी महिला नेतृ सुष्मा कार्की, नुवाकोटका प्रकाश अधिकारी, पूर्व केन्द्रीय सदस्य योगेन्द्र श्रेष्ठ, पूर्व महामन्त्री जनार्दन आचार्यको पनि ठूलो रकम झ्वाम पारेका छन् । संघको नाममा हुने गरिने आर्थिक कारोबारमा कोषाध्यक्ष रहेका मनोज केसीलाई आर्थिक प्रलोभनमा पारी थापाले चेक काट्न लगाउने गरेको स्रोतले बतायो ।
जो सत्तामा उसैको मान्छे
संघ गठनताका आफूलाई कोइरालाहरुको ठूलो हिमायती बताउने अध्यक्ष थापा ‘दल–वदलु’मा माहिर मानिन्छन् । कोइराला र देउवा समूहहुँदा उनले सधैँ कोइरालको हित–चिन्तकका रुपमा रहे । लमजुङ जिल्लाको चुनावी स्पर्धामा देउवा पक्षधर उम्मेदवार डा. टकराज गुरुङ विरोधी मोर्चामा रहेका थापाले महासमिति उम्मेदवार लड्दा १२ मत मात्रै पाएका थिए । तह्रौ महाधिवेशन क्रममा देउवाको डकुमेन्ट्री बनाउने निहुँमा मोटो रकम चप्काएर डकुमेन्ट्री नबनाएपछि उनी लामो समय भूमिगत भएका थिए । कांग्रेस पार्टीको अधिवेशनकै दिनमा आफ्नी छोरीको विहे परेकाले आफू हराउनु परेको उनले स्पष्टीकरण दिँदै हिड्नुपरको थियो । कलाकर्मीबीच ‘नटवरलाल’को उपनामले चिनिने थापाका कर्तुत हामी क्रमशः सार्वजनिक गर्नेछौं ।
(चारतारन्यूज डटकमबाट साभार)

Post a Comment

0 Comments