Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं– चिसो मौसममा रुघाखोकीले बढी नै सताउँछ । रुघाखोकी लाग्दा वेलैमा ख्याल नपु¥याए नाकमा एलर्जी हुने, पिनास निम्तिने, गिमागमै असर गर्ने तथा फोक्सोमा समेत हानी पुग्ने हुनसक्छ ।

तर, रुघाखोकी लाग्दैमा तत्काल मेडिकल तथा अस्पताल नै धाउनुपर्छ भन्ने छैन । आफै डाक्टर बनेर घरमै उपचार गर्न सकिन्छ ।
कसरी आफै डाक्टर भन्ने विषयमा स्वास्थ्य सेवा विभागका पूर्व दिर्नेशक डा. महेन्द्रबहादुर बिष्टका केही टिप्सः
  • रुघा लाग्दा सिँगान बगिरहने, नाक टालिने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या निम्तिन्छिन् । कफ जमेको छ भने छाती गह्रौं हुन्छ र खोकी लागिरहन्छ । नाक टालिएको छ र कफ छ भने घर बाहिर निस्किनुअघि वा राति सुत्नु अघि तातो पानीको बाफ लिन राम्रो हुन्छ । केही दिन नरिन्तर बाफ लिँदा टालिएको नाक अुल्छ र कफ निस्किन सहज हुन्छ । 
  • रुघा लागेका बेला हाछ्यूँ गर्दा आफ्नै नाकमा कनै दुर्गन्ध महसुस हुन्छ भने पिनास भउको बुझ्नुपर्छ । पिनास हुँदा पनि तातो पानीको बाफले फाइदा गर्छ । तातोपानीको बाफ लिने मात्रै होइन तातै पानी पिउने, रसिलो तातो खानेकुराले आराम दिन्छ ।
  • रुघाखोकी लाग्दा चिल्लो पदार्थ सेवन गर्नु हुँदैन । तारेको मासु या अन्य परिकार र दुग्ध पदार्थ सेवनमा प्रतिबन्ध नै लगाउनु राम्रो हुन्छ । यस्ता खानेकुराले झनै कफ बढाउँछ ।
  • रुघाखोकीका बेला अदुवाको रस र मह बराबर मात्रा मिलाएर ठूलो एक चियाचम्चा हरेक दिन बिहान र बेलुका सेवन गरेमा आराम मिल्छ ।
  • लसुनले पनि रुघाखोकीमा फाइदा गर्छ । तीन पोटी लसुन पिसेर एक ठूलो चियाचम्चा महमा १२ घण्टासम्म राखेर बिहान–बेलुका सेवन गर्न सकिन्छ ।
  • मह र कागतीको रस बराबर मिलाएर एक चियाचम्चा बिहान र बेलुका पिउनाले पनि लाभ हुन्छ ।
  • आधा–आधा चियाचम्चा चुतलस्को पातको रस र अदुवाको रस मिसाएर केही बेर पकाएर पिउँदा रुघाखोकी चाँडै निको हुन्छ ।
  • खोकीमा बेसार पनि निकै उपयोगी हुन्छ । एक गिलास पानीमा आधा चम्चा बेसार राखेर केहीबेर पकाएर या तातो पानीका काँचो बेसार राखेर पनि सेवन गर्न सकन्छि । बेसारले रुघा पकाउन पनि भूमिका खेल्छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply