Ticker

6/recent/ticker-posts

बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ.....

बैतडी, माघ ।
बैतडीको सलेना गाविसकी महिलालाई बलात्कार गरेको आरोपमा एक प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुदर्शन मावि लिखोडाका प्रधानाध्यापक सलेना गाविस–२ मलिकुलका ५२ वर्षका रामबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
अभियुक्त चन्दले गएको १३ गते राति महिलाको घरमै गएर बलात्कार गरेको भनी आफन्तले उजुरी दिएपछि प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो ।

Post a Comment

0 Comments