Ticker

6/recent/ticker-posts

हिमपहिरोले होटेल पुरियो, ३० जनाको मृत्यु

काठमाडौं– इटालीमा एक होटल हिमपहिरोले पुरिँदा ३० जना मानिस हराइरहेको बताइएको छ। इटालीको अब्रुज्जो क्षेत्रको ग्रान सासो माउन्टेनस्थित होटेल रिगोपियानो हिमपहिरोले पुरिएको जनाइएको छ।

उक्त होटेलमा कम्तीमा २२ जना अतिथि रहेको र ७ जना होटेलकै कर्मचारी रहेको जनाइएको छ। होटेलबाट केही मृतकहरु फेला पारिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ।

हालै निरन्तर आएको भुइँचालोपछि सो हिमपहिरो खसेको जनाइएको छ। मध्य इटालीमा बुधबार मात्रै दश भुइँचालो आएको र त्यसमध्ये ४ ओटा पाँच रेक्टरस्केलमाथिको रहेको जनाइएको छ। एजेन्सी

Post a Comment

0 Comments