Ticker

6/recent/ticker-posts

तीन महिनासम्म पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौ, माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन सम्वन्धित निकायलाई निर्देशन दिएका छन् । मंगलवार विहान शिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीले आपूर्ति र अर्थ मन्त्रालयसहित आयल निगमका पदाधिकारीहरुलाई ९० दिनलाई पुग्ने गरी पेट्रोल, ग्याससहितका पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
उनले पेट्रोलियम भण्डारणस्थल निर्माणका लागि आवश्यक वजेटको व्यवस्था गरिने पनि जानकारी दिएका छन् । प्रधानमन्त्रीले अमलेखगन्ज वा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य यथाशक्य सक्ने गरी काम अघि बढाउन समेत निर्देशन दिएका छन् ।
जनतालाई राहत दिने गरी के गर्न सकिन्छ यसवारे उपाय खोज्नसमेत प्रधानमन्त्री दाहालले निर्देशन दिए ।

Post a Comment

0 Comments