Ticker

6/recent/ticker-posts

गुणस्तर तथा नापतौल विभागकै मिलेमतोमा ट्याक्सीमा विलिङ मेसिन जडान सुस्त

काठमाडौ,पुस ।
सरकारले ट्याक्सी चालकको मनोमानी रोक्न बिलिङ प्रिन्टर मेसिन जडान सुरु गरेको एक महिनामा ७२ वटा ट्याक्सीमा मात्रै मेसिन जडान भएको छ । गुणस्तर तथा नापतौल विभागले गत मंसिर २३ गतेदेखि यो सिस्टम लागु गरेपनि तीन सातापछि पुस १७ गते आलोपालो प्रणाली लागू गरेको थियो ।
आलोपालो प्रणाली अनुसार तालिका बनाएर ६ महिनाभित्र बाग्मती अञ्चलमा दर्ता भएका सबै ट्याक्सीमा बिलिङ प्रिन्टर मेसिन जडान गर्ने योजना बिभागको छ ।
आगामी साउन ७ गतेभित्र राजधानीका सबै ट्याक्सीले बिलिङ मेसिन जडान गरिसक्नुपर्ने छ । बिलिङ प्रणाली नभए ट्याक्सीको नवीकरण नहुने विभागले जनाएको छ ।

Post a Comment

0 Comments