Ticker

6/recent/ticker-posts

क्यानडाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहार, चारजनाको हत्या

एजेन्सी, माघ ।
क्यानडाको एक मस्जिदमा अन्धाधुन्ध गोली हानेर चार जनाको हत्या गरिएको छ । क्युबेक शहरमा रहेको मस्जिदमा गोली हानाहान भएको थियो ।
क्युबेकमा रहेको इस्लामिक साँस्कृतिक केन्द्रको मस्जिदमा गोली चलेको स्थानीय प्रहरीले जनाएका छन् ।
साँस्कृतिक केन्द्रले आफ्नो फेसबुक पेजमा मस्जिद बाहिर प्रहरी रहेको भिडियो पोस्ट गरेको छ र उसले केहीको मृत्यु भएको उल्लेख गरेको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । तर घटनामा कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने केही खुलाइएको छैन । तीनजना बन्दुकधारीले मस्जिदमा पसेर आक्रमण गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

Post a Comment

0 Comments