Ticker

6/recent/ticker-posts

माओवादीकै सांसद भन्छन्ः‘प्रचण्ड सरकार पूर्णतः असफल’

काठमाडौ, माघ ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले थारु, मधेसीको माग अर्को टिकापुर घटना दोहोरिने चेतावनी दिएका छन् । साथै उनले आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार असफल भएको समेत दाबी गरे ।
काठमाडौमा शुक्रबार गरिएको एक सात्क्षात्कारमा सत्तारुढ दल माओवादीका सांसद अमनलाल मोदीले भनेः‘ यदि हाम्रा मागहरु सम्बोधन भएन भने संसारको कुनै पनि शक्तिले अब हुने आन्दोलन रोक्न सक्दैन।’
उनले यदि समयमै माग सम्बोधन नगरिए मुलुकमा ठूलो संकट आउने खतरा औंल्याए ।
कैलाली, कञ्चनपुर, झापा, मोरङ, उदयपुर र सप्तरीका थारुहरुलाई बेग्लै प्रदेश दिनु पर्ने भन्दै उनले थारुहरुको माग सम्बोधन नगरी सरकारले जबरजस्ती चुनावको मिति घोषणा गरे प्रतिकारमा उत्रिने चेतावनी दिए।
माओवादी सांसद मोदीले आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार पनि पनि संशोधन गरेर समस्या समाधान गर्न गम्भिर नभएको आरोप लगाए ।

Post a Comment

0 Comments