Ticker

6/recent/ticker-posts

संसदमा किन भयो ठुला दल र साना दलबीच रस्साकस्सी....?

काठमाडौ,माघ ।
व्यवस्थापिका संसदले निर्वाचन कसुर तथा सजायसम्वन्धी विधेयक पास गरेको छ । सोमबार बसेको संसदको दोस्रो बैठकले यो विधेयक पास गरेको हो । पहिलो बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि अनुपस्थित भएपछि विधेयक पेश हुन सकेको थिएन ।
सम्वन्धित मन्त्री नै अनुपस्थित भएपछि सभामुख ओनसरी घर्तीमगरले यसलाई कार्यसूचीबाट हटाएकी थिइन् र, संसदको दोस्रो बैठक राखेकी थिइन् ।
संसदले निर्वाचनसम्वन्धी दुई विधेयक यसअघि नै पास गरिसकेको छ । अब राजनीतिक दल र स्थानीय निर्वाचनसम्वन्धी विधेयक पास हुन बाँकी छ ।
थ्रेस होल्डसहितका विषयमा राजनीतिक सहमति नजुट्दा राज्य व्यवस्था समितिले यो विधेयक संसदमा पठाएको छैन । प्रमुख दलहरु तीन प्रतिशत थ्रेस होल्डको पक्षमा देखिएका छन् । तर साना दलहरुले थ्रेस होल्डको विरोध गरेका छन् ।
राज्य व्यवस्था समिति अन्तरगत उपसमितिका सभापति आनन्द ढुंगानाले विवादित विषयमा आफूहरु सहमति नजिक रहेको र अबको बैठकले निर्णय लिने बताए ।
निर्वाचन सम्वन्धि महत्वपूर्ण ५ वटा विधेयक मध्ये ३ वटा पारित भईसकेका छन् भने २ वटा पारित हुन बाँकी छन् । संसद सचिवालयका अनुसार अबको बैठकमा बाँकी रहेका निर्वाचन सम्वन्धि २ वटा विधेयक पारित हुनेछन् ।

Post a Comment

0 Comments