सप्तरी,माघ ।
बभनगामाकटी गाविस–३ तोपाका केही युवायुवतीको बिहेको कुरा छिनिएको निकै भइसक्यो। तीमध्ये दुईजनाको त मंसिरमै बिहे भइसक्नुपर्ने थियो। तर माघ दोस्रो साता लागिसके पनि त्यसको कुनै सुरसार छैन। कारण– रोजगारीका लागि विदेशिएका गाउँका एक युवाको उतै मृत्यु भए पनि अन्त्येष्टिका लागि शव ल्याउन नसक्दा सगोत्रीभित्र पर्ने ६० घरमा दुई महिनादेखि धार्मिक–सांस्कृतिक कार्य हुन पाएको छैन।
बेचन मण्डलका छोरा बहादुरको दुई महिनाअघि साउदी अरबमा मृत्यु भए पनि परिवारले उनको शव ल्याउन नसकेको हो। बहादुरको सद्गत हुन नसक्दा टोलैभरिका अधिकांश पुरुषले २ महिनायता कपालदाह्री काटेका छैनन्। दियादी (सगोत्री) भित्र कसैको मृत्यु हुँदा विधिपूर्वक किरियाकर्म नभएसम्म धार्मिक–सांस्कृतिक कार्य नगर्ने प्रचलन छ। यस्तो बेला माछामासु नखाने र कपालदाह्रीसमेत नकटाउने परम्परा भएकाले अहिले टोलैभरिका पुरुष जोगीजस्तै देखिएको स्थानीय सीताराम मण्डलले बताए।
‘बहादुरको शवको सद्गत हुन नसक्दा टोलका सबै ६० घरमै धार्मिक काम रोकिएको हो,’ कुरो छिनिइसके पनि आफ्नी छोरीको बिहे गर्न नपाएका शिवकुमार मण्डलले भने,‘ धार्मिक र सामाजिक परम्परा मान्नै पर्यो। सद्गत नहुँदासम्म कसरी छोरीको बिहे गर्नु ?’ उनका अनुसार ६ युवायुवतीको कुरा छिनिए पनि बिहे रोकिएको छ।

0 Comments