Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, माघ ।
अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । आईएमएफको टोलीले जनवरी ११ देखि २३ सम्म नेपालको भ्रमण गरेर अर्थमन्त्री, गभर्नर, निजी क्षेत्र लगायतसँग छलफल गरेको थियो । र, चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर सरकारको लक्ष्य भन्दा एक प्रतिशत कम हुने प्रक्षेपण गरेको छ ।
सरकारले आर्थिक वर्ष २०७३–०७४ मा ६.५ प्रतिशत आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।
आईएमएफले यो वर्षको राम्रो मनसुन, चुस्त मौद्रिक नीति, सरकारी खर्च लाई आधारित मानेर ५.५ प्रतिशत आर्थिक वृद्धिद्धर सम्भव रहेको बताएको छ । तर, विकास बजेट खर्च नहुनुलाई यसको मुख्य चुनौतीका रुपमा औल्याएको छ ।
आईएमएफले भारतको नोटबन्दीले नेपाली अर्थतन्त्रमा न्यून प्रभाव देखिएको बताएको छ । बैंकसँग धेरै भारु नभएको भन्दै उसले कर्पोरेट र साधारणसँग भएको रकमले उनीहरुको क्रय शक्ति घटाएपनि अर्थमन्त्रमा ठूलो असर नपरेको उसको निष्कर्ष छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply