Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं– लुट–२ का निर्माता र निर्देशकले सेन्सर बोर्डलाई चेतावनी दिँदै चलचित्रलाई चर्चा दिलाउन अनेक तिकडमबाजी गर्न थालेका छन् । निर्देशक निश्चल बस्नेतले आफ्नो फिल्मलाई सेन्सर वोर्डले कैंची चलाएर पिजी दिएको खण्डमा आफूले उक्त प्रमाण नलिने चेतावनी दिएका छन् ।

चलचित्र क्षेत्रलाई राम्रोसँग बुझेका यी निर्माता तथा निर्देशकले यस्तो चेतावनी दिन कत्तिको सुहाउने हो उनीहरुलाई नै थाहा होला । उनीहरुलाई पक्कै थाहा होला– सेन्सर बोर्डको काम चलचित्रको सेन्सर गर्ने हो । व्यक्तिको अनुहार हेरेर पक्कै पनि चलचित्रको सेन्सर हुँदैन होला ।

दी चलचित्रमा कैची लगानु नै नपर्ने भए बोर्डले पक्कै कैची लगाउँदैन । तर चलचित्रका संवादा अश्लिल तथा दोहोरो अर्थ लाग्ने भएमा भने उसले पक्कै ढाकछोप गर्ने छैन, कैची लगाएरै छोड्ने निश्चित छ । तर, यस विषयमा निर्देशक निर्माताले किन र कस्तो खालको चेतावनी दिएका हुन् ? चलचित्र क्षेत्रकै व्यक्तिहरु पनि अनभिज्ञ छन् । यसलाई लिएर चलचित्र क्षेत्रकै व्यक्तिहरुले सस्तो प्रचारका लागि यस्तो अभिव्यक्ति दिएको बताउँछन् ।

नेपाली चलचित्र क्षेत्रलाई गहिरिएर अध्ययन गर्ने हो भने एकाध चलचित्र बाहेक अधिकांश चलचित्रले अहिलेसम्म गतिलो व्यापार गरेको पाइदैन । भित्रीकुरा गर्ने हो भने लुट–२ को पहिलो चलचित्र लुट चलचित्रले पनि पहिलो हप्ताको व्यापार निकै नै नाजूक गरेको थियो । निर्माताको बठ्याईका कारण चलचित्रले दोस्रो हप्तामा अर्कै मोड लिएको हो ।

हल्लाकै भरमा दोस्रो हप्ता लुटले हाउँसफूल दर्शक पाउन सफल भएको थियो । यही उपाय लुट युनिटले दोस्रो चलचित्र छड्केमा पनि लगाएको थियो तर, सफल भने हुन सकेको थिएन । अहिले फेरि पहिले देखि नै लुट–२ युनिटले यस्तै तिकडमबाजी लगाउन थालेको बुझिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply