Ticker

6/recent/ticker-posts

मालपोतका सुब्बा घुस लिँदालिँदै पक्राउ



१० ,माघ - अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल सम्पर्क कार्यालय बर्दिबासले महोत्तरी मालपोत कार्यालयका सुब्बालाई घुस लिँदालिँदै पक्राउ गरेको छ।  महोत्तरी  मालपोत  कार्यालयका सुब्बा राधेसरण ठाकुरलाई आइतबार दिउँसो ५ हजार घुस सहित पक्राउ गरेको हो।
उनले पाँच जना दाजुभाइको अंशबाँडफाँडको काम गर्न एक सेवाग्राहीसँग ठाकुरले एक सातादेखि घुस माग्दै आएका थिए। घुस नदिएपछि अंशबाँडफाँडको कागजात अघि नबढाएपछि पीडित सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए।
सुब्बा ले आफु काम गर्ने कोठाको चुकुल लगाएर सेवा ग्राहीसँग घुस लिएर गोजीमा राख्नै लाग्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको अख्तितयारका मध्यमाञ्चल सम्पर्क कार्यालय बर्दिबासका एसपी राजकुमार लम्सालले बताए।

महोत्तरीको धिरापुर ३ घर भएका ठाकुर ३० बर्षदेखि सरकारी सेवामा रहदैं आएका छन्। पक्राउ परेका सुब्बालाइ अीखयारले नियन्त्रणमा लिएर उिन माथी  अनुसंधान थालेको छ।

Post a Comment

0 Comments